नेप्से ५ दशमलव ८४ अंकको गिरावट

नेप्से ५ दशमलव ८४ अंकको गिरावट

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, ९ भदौ ।

नेप्से परिसूचक यो साता निरन्तर गिरावटको दिशामा अघि बढीरहेको छ । बुधवार ५ दशमलव ८४ अंकको गिरावटसँगै १ हजार १ सय ७५ दशमलव ५७ बिन्दुमा कारोबार बन्द भयो ।

‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब ९४ अंकले वृद्धिभई २ सय ५४ दसमलब ७४ अंकमा कारोबार बन्द भएको छ । बजार खुलेको केहि समय बढेको बजार बिस्तारै ओरालो लागेको थियो ।

आज १ सय ३० कम्पनीहरुको २ हजार ६९ कारोबारबाट ८ लाख ५७ हजार ३ सय २३ कित्ता शेयर खरिद बिक्री भएको छ जसबाट २९ करोड ८० लाख १३ हजार ६ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
उप परिसूचकमा जलविद्युत, बैंकिङ्ग, उत्पादन तथा प्रसोधन र अन्य समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

बजारमा सेवा विकास बैंकको सबैभन्दा बढी १० प्रतिशतले शेयर बढेको छ भने शाग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य ६ दशमलब १८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै कारोबार प्रभु बैंक लिमिटेडले गरेको छ जसको कारोबार रकम २ करोड १६ लाख ८९ हजार ८ सय ९६ रुपैयाँ बराबरको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी