बार्ताबाटै निकास खोज्न नेकपा माओबादीको आग्रह

बार्ताबाटै निकास खोज्न नेकपा माओबादीको आग्रह

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,९ भदौ ।

नेकपा माओबादीले बिभिन्न ठाउमा भइरहेको आन्दोलनको निकास बार्ताबाटै गर्न आग्रह गरेको छ ।

कैलालीको टीकापुर घटनापछि पाटीको धारणा सार्बजनिक गर्न बिहान बसेको स्थायी समिति बैठकले चार दलका नेता नै तानाशाही भएको आरोप लगाएकोे छ ।

बैठकको निर्णय बारे जानकारी गराउन आयोजना गरीएको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन बैद्यले वार्ताबाट निकास निकाल्न आग्रह राजनितीक दलहरुलाई गर्नुभयो ।

उहाले प्रधानमन्त्रीले वार्ताका लागि अन्य पक्षलाई बोलाए पनि आफूहरुलाई नबोलाएको गुनासो गर्नुभयो । अध्यक्ष बैद्यले २० औं हजार प्रदर्शनकारी भएको ठाउँमा ४० जना मात्र प्रहरी पठाएर गृहमन्त्रीले ब्यवस्थापन मिलाउन नसक्दा टीकापुर घटना भएको बताउनु भयो ।

कैलाली घटनामा गृहमन्त्री मात्र नभइ चार दलका नेता शिर्ष नेता पनि दोषी रहेको उहाले आरोप लगाउनु भएको छ । यस्तै माओबादीले कैलाली घटनापछि विभिन्न ठाउँमा सेना परिचालन गरिएकोमा विरोध जनाएको छ ।

जनताको राजनीतिक मागलाई सेना परिचालन गरेर दमन गर्न नपाइने अध्यक्ष वैद्यको भनाइ छ । माओवादीले कैलाली, बर्दिया, बाँके, दाङ, रौतहट, सर्लाही लगायतका जिल्लामा गरिएको सेना परिचालन बन्द गर्न, साम्प्रदायिक सदभाव कायम गर्न तथा संवादको प्रक्रिया थाल्न अनुरोध गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी