काठमाण्डौ,९ भदौ ।
नेकपा एमालेका सचिव योगश भट्टराईले नेपालमा विभिन्न एनजीओ र आइएनजीओहरुले जातजातिका नाममा ठूलो धनराशी खर्च गर्दै वितण्डा मचाउन लागेको आरोप लगाउनु भएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा उहाले एनजीओ र आईएनजीओहरुलाई नेपालबाट फिर्ता पठाउनु पर्ने बताउनु भयो ।
उहाले थारु समुदायले राखेका जायज माग सम्वोधन गर्ने बताउदै सीमांकनका नाममा भएका आन्दोलनलाई ध्यानमा राखीे सम्बोधन गरिने बताउनु भयो ।
टीकापुर घटनाबाट नेपालको अन्तराष्ट्रियस्तरमा बेइज्जत भएको भन्दै उहाले आन्दोलनको नेतृत्व गर्नेलाई समेत जनताले बहिस्कार गर्ने चेतावनी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline