काठमाण्डौ ,८ भदौ ।
कैलालीको टीकापुरमा थरुहट पक्षधरको आन्दोलनका क्रममा हत्या गरिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको प्रहरी सम्मानसहित पशुपति आर्यघाटमा मंगलबार अन्त्येष्टि गरिएको छ ।
न्यौपानेको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
उहाको शव गौशालास्थित महानगरीय प्रहरी वृत्तमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो ।
नेपाल प्रहरीको एक टुकडीले मृतक न्यौपानेको सम्मानमा शोक सलामी, सम्मान सलामी र अन्तिम सलामी अर्पण गरेको थियो ।
प्रहरी वृत्त गौशलामा प्रहरी महानिरीक्षक उपेन्ऽ कान्त अर्यालसहितका उच्च प्रहरी अधिकारीहरुले न्यौपानेको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाएर सम्मान गर्नुभयो ।
एसएसपी न्यौपानेप्रति श्रद्धान्जली दिन उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम आर्यघाट पुग्नु भएके थियो ।
थारु प्रदेशको माग गर्दै कैलालीमा भएको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एसएसपी न्यौपानेसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । यस्त्ै दुई बर्षिय बालकको पनि हत्या भएके थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline








