काठमाडौं, ६ भदौ ।
पहिचान सहितको संघियता र धर्मनिरपेक्षताको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको देशव्यापी बन्दका कारण बिहानैबाट जनजीवन प्रभावित बनेको छ ।
सधै व्यस्त रहने उपत्यकाका सडकहरु आज विहानैबाट खालि देखिएका छन । तर रत्कपार्क इलाकामा भने छिटफुट रुपमा सवारि साधन चलेका छन । सुरक्षाका लागि भन्दै गृह मन्त्रालयलले नेपाल प्रहरी र सशस्त्र प्रहरी चोक चोकमा परिचालन गरेको छ ।
धर्मनिपेक्षता, पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने, आदीवासी जनजातिको मानव भुगोललाई खण्डित नहुने गरि समिाङ्कन हुनुपर्ने लगायतका माग राख्दै आज र भोली दुई दिने नेपाल बन्दको आह्वान गरिएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका निर्देशक समिति सदस्य आङकाजी शेर्पाले बताउनु भयोे ।
बन्दमा उत्पिडन विरोधी संयुक्त राष्ट्रिय मोर्चाले समेत ऐक्यबद्धता जनाएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन भने शिक्षण संस्था तथा बजार ठप्प रहेका छन् ।
बिहानसम्म रात्री बस काठमाडौं भित्रिएपनि अहिले राजमार्गमा गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको छ । गाडी नचल्दा काम विशेषले हिँड्नुपर्नेलाई सास्ती भएको छ । बिहानै खुल्ने शिक्षण संस्था पनि बन्द रहेका छन् ।











