यस्तो छ आदिवासी जनजाती महासंघले गरेको नेपाल बन्दको उपत्यकामा परेको प्रभाव (फोटो फिचर)

यस्तो छ आदिवासी जनजाती महासंघले गरेको नेपाल बन्दको उपत्यकामा परेको प्रभाव (फोटो फिचर)

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, ६ भदौ ।

पहिचान सहितको संघियता र धर्मनिरपेक्षताको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको देशव्यापी बन्दका कारण बिहानैबाट जनजीवन प्रभावित बनेको छ ।

सधै व्यस्त रहने उपत्यकाका सडकहरु आज विहानैबाट खालि देखिएका छन । तर रत्कपार्क इलाकामा भने छिटफुट रुपमा सवारि साधन चलेका छन । सुरक्षाका लागि भन्दै गृह मन्त्रालयलले नेपाल प्रहरी र सशस्त्र प्रहरी चोक चोकमा परिचालन गरेको छ ।

धर्मनिपेक्षता, पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने, आदीवासी जनजातिको मानव भुगोललाई खण्डित नहुने गरि समिाङ्कन हुनुपर्ने  लगायतका माग राख्दै आज र भोली दुई दिने नेपाल बन्दको आह्वान गरिएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका निर्देशक समिति सदस्य आङकाजी शेर्पाले बताउनु भयोे ।

बन्दमा उत्पिडन विरोधी संयुक्त राष्ट्रिय मोर्चाले समेत ऐक्यबद्धता जनाएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन भने शिक्षण संस्था तथा बजार ठप्प रहेका छन् ।

बिहानसम्म रात्री बस काठमाडौं भित्रिएपनि अहिले राजमार्गमा गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको छ । गाडी नचल्दा काम विशेषले हिँड्नुपर्नेलाई सास्ती भएको छ । बिहानै खुल्ने शिक्षण संस्था पनि बन्द रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी