धनगढी, २ भदौ/ लगातार भएको बन्दका कारण सुदूरपश्चिममा सञ्चालनमा रहेका फिल्म हलहरुले थप आर्थिक घाटा व्यहोर्नु परेको छ । बन्द नहुनुभन्दा अघि थोरै घाटा व्यहोर्नु परेको फिल्म हलहरुले बन्द पछि झन घाटा व्यहोर्नु परेको हो । साउन २१ गतेदेखि सिमांकनको विवादले सुदूरपश्चिम बन्दको घोषणा गरेपछि सुदूरपश्चिममा संचालित सिनेमाहलहरुले आर्थिक घाटा व्यहोर्नु परेको फिल्महल सञ्चालकहरु बताउाछन् ।
धनगढीमा संचालित चन्दन टाकिजमा अहिले दुई सो अन्र्तगत हिन्दी चलचित्र ‘ब्रदर्श’ र ‘दृष्यम’ बन्दको बेलामा रिलिज भएपछि हलमा चलाईएको थियो । ‘१ लाख ६० हजारमा यी दुई वटा चलचित्रहरु अग्रिम पैसा तिरेर मगाए’ चन्दन टाकिजका सञ्चालक बबलु अहमदले भने ‘लगातार बन्द भएको कारण लगानी पनि उठ्न सकेन् ।’
‘फिल्म सञ्चालन गरेदेखि अहिलेसम्म २० हजार मात्र उठेको छ’ अहमदले भने ‘लगानी उठ्नु त परैको कुरा हो । अहिले १ लाख फिल्ममा घाटा व्यहोर्नु पर्यो भने हलको भाडा, विद्युत खर्च, कर्मचारी तलब लगायत विविध खर्च पनि घरबाट ल्याएर तिर्नुपरेको छ ।’
‘लगातार १२ दिन बन्द भएपछि बुधबारमात्र फिल्महल सञ्चालनमा आएको छ’ सञ्चालक अहमदले भने ‘बुधबार पनि पहिलो सोमा १५ जनामात्र दर्शकहरु आए ।’
‘हिन्दी चलचित्र रिलिज भएको २ दिन भित्र मात्र हलमा आकर्षण हुन्छ’ सञ्चालक बबलु अहमदले भने ‘हिन्दी फिल्म शुक्रबार हलमा आईसकेपछि आईतबारदेखि ईन्टरनेटमा सजिलै हेर्न मिल्छ त्यसकारण हलहरुले सोचेजती फाईदा ती दुई दिन भित्र गर्नुपर्छ ।’ उनले बन्द अघि एक फिल्मबाट दुई लाख सम्म आम्दानी हुने गरेको बताए ।
एक दिन बन्द भएपछि दुई/ढाई महिनाको लगानी गोजीबाट गर्नुपर्ने जोशी टाकिजका सञ्चालक तोहित सिद्धिकीले बताए । उनले हिन्दी फिल्ममा बढी खर्च फिल्म हलले गर्नुपर्ने भएकोले ठुलो घाटा व्यहोर्नु पर्ने तर नेपाली फिल्ममा ‘सो’ अनुसार लगानी गर्नुपर्ने बताए । उनले जती दिन नेपाली फिल्मको ‘सो’ भयो त्यही अनुसार लगानी गर्नुपर्ने भएपनि नेपाल बन्द लगायत विभिन्न कारणले फिल्महलले नेपाली फिल्म चलाएपनि दैनिक ४ हजार भन्दा बढी घाटा व्यहोर्नु परेको बताए ।
यस्तै कैलालीमा सञ्चालन रहेका अधिकाास फिल्महलहरु आर्थिक घाटा व्यहोर्नुपरेकै कारण पूर्ण रुपमा बन्द हुन पुगेका छन् । कैलालीका अन्य ठाउामा रहेका फिल्महलहरुले पनि बन्दका कारण मार खेप्नु परेको बताएका छन् । कंचनपुरमा रहेका सिनेमाहलले पनि बन्दका कारण लाखौको घाटा ब्यहोरेका छन । त्यहााका संचालकहरुले त्यसै पनि धरासायी बनेका सिनेमाहलहरु बन्दका कारण झनै समस्यामा परेको बताउाछन ।
नेपालको फिल्मको ईतिहास हेर्दा संकटकालपछि धरापमा पर्दै गएको चलचित्र पत्रकार संघका सुदूरपश्चि सचिव श्रवण देउवाले बताए । उनले पछिल्लो समय फिल्म हलहरुले आर्थिक घाटा व्यहोर्नु परेका कारण फिल्म हलहरु धमाधम पूर्ण रुपमा बन्द हुने क्रम बढ्दै गएको र झन विभिन्न राजनीतिक कारणको बन्दले गर्दा सञ्चालनमा रहेका हलहरु पनि बन्द हुने अवस्थामा पुग्ने देखिएको बताए ।
उनले सरकारले फिल्महल विकासका लागि कुनै योजना नल्याउादा देशभरीकै फिल्महलको अवस्था धरासय बन्दै गएको बताए । देउवाले केही महिना पहिले धनगढीमा सञ्चालनमा रहेको सरस्वती टाकिजलाई पनि आर्थिक घााटा भएकै कारण बन्द हुन पुगेको बताए । उनले सुदूरपश्चिममा धेरै फिल्महलहरु सञ्चालन भए तर, दर्शक नआउादा आर्थिक घााटा व्यहोरी बन्द हुन पुगेको बताए । उनले फिल्महलहरुको विकासका लागि सरकारले योजना ल्याउनुपर्ने र राजनीतिक दलहरुको विवादले गरिने बन्दमा हलहरुलाई मार नदिनुपर्ने बताए ।
‘घरमा सधै बसेर बोर लाग्छ’ विशालनगर निवासी गोपाल रायले भने ‘बन्दको बेला घरमै बसेर कती टिभि हेरेर बस्नु कहिले काही फिल्म हेर्न जाउा सोचेको बन्द देखेर फिर्ता आए ।’
सधै परिवारसाग समय दिन सकिदैन कहिले काही स–परिवार फिल्म हेर्न जाउ सोच्छु तर फिल्मको व्यवस्थापन पनि राम्रो सागै नभएको हुादा जानै मन लाग्दैन् स्थानिय राज कुमार चौधरीले बताए ।
