काठमाडौंमा तीज प्रतियोगीता हुने

काठमाडौंमा तीज प्रतियोगीता हुने

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं ३२ साउन ।

यसवर्ष काठमाडौंमा तीज प्रतियोगीता हुने भएको छ । मौलिक कला संस्कृति संरक्षणका लागि भन्दै हुँगेली समाज काठमाडौले तीज गीत प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भदौ १३ गते आइतवार गाइजात्राका दिन हुने प्रतियोगितामा काठमाडौमा बसोबास गर्ने गुल्मीका तीनवटै क्षेत्रका गाविसस्तरीय समुहहरुको सहभागिता रहने समाजका सचिव रामकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार र प्रमाणपत्र प्रदान गरिने सचिव भण्डारीले जानकारी दिनुभयो ।

राजधानीमा बसोबास गर्ने गुल्मेली दिदिवहिनीहरुलाई जमघट गराउने र लुम्विनी अंचलमा प्रचलित परम्परागत तथा मौलिक कला संस्कृतिबारे जागरुक बनाउने उद्येश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष बिष्णुप्रसाद भण्डारीको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगिता बुद्धनगर पार्टी प्यालेसमा बिहान ११ देखि साझँ ५ बजेसम्म हुनेछ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी