काठमाडौं, ३१ साउन
स्वतस्फुर्त रुपमा सञ्चालन भएको बागमती सफाई महाअभियान शनिवार १ सय १८ औं हप्तामा प्रवेश गरेको छ । बागमती रिभर फेस्टिवल, २०१५ को अवसरमा गोठाटारदेखि पशुपति आर्यघाटसम्म आयोजना गरिएको भव्य जलयात्राले बागमती सफाई महाअभियानलाई साउन ३० गते शनिवार सम्म आईपुग्दा सफलतापूर्वक १ सय १८ हप्तासम्म ल्याएको हो ।
सफाई अभियानका प्रमुख अभियन्ता निवर्तमान मुख्य सचिव लिलामणी पौडेल, डा. राजु अधिकारी, सभासद् रामेश्वर फुायाल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी, काठमाडौं महानगरपलिका, शहरी विकास मन्त्रालय, नेपाल रिभर कन्जरभेसन ट्रष्ट, नेपाल एशोसिएशन अफ राफ्टिंग एजेन्सिज, हिमालयन रिभर गाईड एशोसिएशन नेपाल, बागमती रिभर वाटर किपर, ग्रिन काठमाडौं क्लिन बागमती, नेपाल विज्ञापन संघ, विभिन्न सञ्चार प्रतिष्ठान लगायतका दर्जनौ संघ संस्थाका प्रतिनिधिहरुले राफ्टिंगको मजा लिंदै पशुपति आर्यघाटमा आयोजित भव्य समारोहमा सरिक भए ।
सो अवसरमा बागमती रिभर फेस्टिवल, २०१५ का प्रमुख अतिथि तथा निवर्तमान मुख्य सचिव लिलामणी पौडेलले बागमती सफाई महाअभियान १ सय १८ हप्तादेखि निरन्तर चलिरहेको र अनन्त भविष्य सम्म चल्ने बताए । साथै पौडेलले सफाई अभियान प्रारम्भ भएदेखि हालसम्म बागमती नदी र सो आसपासका नदीहरुको स्वच्छमा निक्कै ठूलो वृद्धि भएको समेत जानकारी दिए ।
सो समारोहमा पशुपति क्षेत्र विकास कोष र शहरी विकास मन्त्रालयले निवर्तमान मुख्य सचिव लिलामणी पौडेललाई बागमती सफाई अभियानमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान तथा अभिनन्दन समेत गरेका थिए । समारोहमा बोल्दै सभासद् रामेश्वर फुयाालले बागमती सफाई महाअभियान महत्वपूर्ण राष्ट्रिय कार्यक्रम भएको स्मरण गर्दै यस महाअभियानलाई नेतृत्व प्रदान गर्ने निवर्तमान मुख्य सचिव लिलामणी पौडेललाई सम्मान गर्न पाउादा गौरव लागेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


