डा. शर्मालाई काममा रोक नलगाउन अदालतको आदेश

डा. शर्मालाई काममा रोक नलगाउन अदालतको आदेश

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ, ३१ साउन ।

पुनरावदेन अदालत पाटनले स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. नुतन शर्मालाई ३ महिनाका लागी निलम्वन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ ।
न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले पुनरावेदन पत्रको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता कितावबाट डा. शर्माको नाम हटाउने निर्णय कार्यान्वयन नगर्न बिपक्ष्ँीका नाममा आज अन्तरकालिन आदेश जारी गरेको हो ।
अस्पतालमा कार्यरत डा. शर्माले आफुलाई पुर्वाग्रहीपुर्ण तरिकाले मेडिकल काउन्सिलले ३ महिनाका लागी निलम्वन गरेको भन्दै त्यसविरुद्ध पाटन पुनरावेदन अदाललतमा पुनरावेदन पत्र दायर गर्नुभएको थियो ।

आज भएको सुनुवाईमा बरिष्ठ अधिवक्ता डा. बद्रिबहादुर कार्की, शम्भु थापा, डा. भिमार्जुन आचार्य र सुभाष आचार्यले बहस गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी