यसबर्ष एक अर्ब ४१ करोड बढिको अलैँची निर्यात

यसबर्ष एक अर्ब ४१ करोड बढिको अलैँची निर्यात

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, ३१ साउन ।

यसबर्ष पाचथरबाट करिब रु एक अर्ब ४१ करोड बराबरको अलैँची निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालय पाँचथले निकालेको तथ्याङ्कअनुसार जिल्लामा उत्पादित ६२७ मेिट्रक टन अलैँची प्रतिटन रु २५ लाखमा बिक्री हुँदा रु एक अर्ब ४१ करोड ७ लाख ५० हजारको निर्यात भएको छ ।

कार्यालयका प्राविधिक डिल्ली पौड्यालका  अनुसार गत वर्षभन्दा उत्पादन घटेको पनि मूल्य भने बढेको छ । यसबर्ष ६२७ मेिट्रक टन अलैँची उत्पादन भएकोमा आव २०७१÷०७२ मा ५६४ टन अलैँची जिल्ला बाहिर गएको छ ।

पछिल्लो समय छिर्के फुर्के र गानो कुहिना, डढुवाका प्रकोपका कारण अलैँची मासिन थालेपछि कृषि विकास कार्यालयले समेत ती क्षेत्रमा प्रत्येक वर्ष विरुवा वितरण गर्दैै आएको छ ।

उत्पादित अलैँची प्रायः झापाको बिर्तामोडतिर निकासी भएको उहाको भनाई छ ।

जिल्लाका रानीटार, लुङ्रुपा, सिदिन, मेमेङ, प्राङबुङ, एकतीन, रवि, सराङ्डाँडा, आङ्सराङ, कुरुम्बा, फाक्तेप, चिलिङ्देन, नाँगीलगायत गाविसलाई अलैँचीको मुख्य क्षेत्रका रुपमा लिइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी