अग्र्यानिक अभियानमा बौद्धमोड सहकारी

अग्र्यानिक अभियानमा बौद्धमोड सहकारी

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बाहुण्डांगी (झापा)   । 
झापाको पूर्वोत्तर गाविस बाहुण्डांगी ४ स्थित बौद्धमोड कृषि सहकारी संस्थाले रासायनिक मल विधिलाई न्यूनिकरण गरी अग्र्यानिक मलको उच्चतम प्रयोग मार्फत विभिन्न तरकारी बाली उत्पादन गर्दै आएको छ ।

कृषि नै सहकारीको उन्नती भन्ने मूल नाराका साथ २०६६ सालमा गाविसकै दोस्रो कृषि सहकारी संस्थाको रुपमा स्थापित उक्त सहकारी स्थापनाकाल देखि नै अग्र्यानिक पद्धती अवलम्बन गरी कृषिजन्य बाली उत्पादनको अभियानमा निरन्तर लागी परेको संस्थाका अध्यक्ष पूर्णबहादूर खड्काले बताए ।

अत्यधिक रासायनिक मलको प्रयोग गरी उत्पादीत तरकारी प्रयोगका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको छ , संस्थाका अध्यक्ष खड्का भन्छन् , यसमा हामी गम्भीर छौं, यहि समस्यालाई दृष्टिगत गरी संस्थाले अग्र्यानिक अभियान थालेको हो ।

छोटो समयमा ठूलो धनराशी हात पार्ने सोचले गर्दा ब्यवसायीक रुपमा कृषिजन्य उत्पादनमा लागेका कृषकहरुले नाफा कमाउने उद्धेश्यले बालीमा विषादीको मात्रा बढाउने गरेका उनको आरोप छ । अग्र्यानिक अभियन्ता खड्का भन्छन् , उपभोक्ताको स्वास्थ्य र ब्यवसायमा दिगोपना नै हाम्रो मूल मन्त्र हो ।

उक्त सहकारीले पछिल्लोपटक उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी विषादीरहित तरकारी बाली उत्पादन गर्ने उद्धेश्यले प्राङ्गारीक,कम्पोष्ट मललाई प्रोत्साहन गर्दै अग्र्यानिक खेती प्रणाली अपनाएर बोडी खेती सुरु गरेको संस्थाले जनाएको छ ।

संस्थाले करिब तीन वर्षअघि ५ वर्षका लागि गाविसको ६ नम्बर वडामा ५ विगाहा माटो भाडामा लिएर ब्यवसायिक रुपमा विभिन्न तरकारी उत्पादन गर्दै आएको अध्यक्ष खड्काको भनाई छ । संस्थाले वार्षिक रुपमा प्रति कठ्ठा २ हजार रुपैंया तीर्ने सम्झौता गरी लिजमा लिएको जग्गामध्ये ४ विगाहामा गत बैशाखको अन्त्यबाट लगाउन थालेको बोडी खेतीले गत असार मसान्तबाट उत्पादन दिन थालेको संस्थाका ब्यवस्थापक हेमन्त मोक्तानले बताए ।

अग्र्यानिक तरकारी उत्पादनको क्षेत्रमा अनवरत रुपमा सक्रिय खड्काले मिर्मिरे अनलाईनसंगको कुराकानीमा नेपाल कृषि प्रधान देश भए पनि कृषि औजारको अभाव,दक्ष जनशक्तिको अभाव,सिंचाइको समस्या,मलखादको उचित ब्यवस्थापन , प्राविधिक ज्ञानको अभाव,उत्पादित कृषिजन्य वस्तु विक्रिका लागि भरपर्दो बजारको संकट लगायत कृषि पेशाका मख्य चूनौती रहेको बताए ।

यसअघि पनि सहकारीले पूर्णतया अग्र्यानिक प्रविधि अंगालेर टमाटर,आलु,फूलकोपी,बोडी लगायतका तरकारी बेमौसमी रुपमा उत्पादन गरिसकेको संस्थाका उपाध्यक्ष नरेन्द्र काफ्लेको भनाई छ ।

संस्थाका अनुसार तरकारी बालीलाई रोगको संक्रमणबाट बचाउंदै उत्पादनमा वृद्धि गर्ने लक्ष्यले विभिन्न किटनाशक विषादीको मात्रा मिलाएर प्रयोग गर्ने गरिएको बताईएको छ । त्यस्तै जिल्ला कृषि विकास कार्यालयबाट बाली प्राविधिक टोलीको सहयोगमा लगाईएको बाली परीक्षण समेत गर्ने गरिएको संस्थाले जनाएको छ ।

संस्थाद्धारा उत्पादित तरकारी झापाको विर्तामोडस्थित कृषिथोक बजारसहित झापाका विभिन्न बजार,मोरङ,सुनसरी,सर्लाहीका विभिन्न शहर बजार लगायत पूर्वी नेपालको सीमावर्ती भारतीय बजारहरु पानीट्याङ्की,नक्सलबारी,सिलिगुडीमा समेत निर्यात गरिंदै आएको र नेपाल तथा भारतका अन्य बजारबाट समेत अग्र्यानिक भएकै कारण माग हुन थालेकाले माग अनुसारको तरकारी आपूर्ती गर्ने तयारीमा संस्था लागी परेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी