थरुहट आन्दोलन झन झन चर्किदै

थरुहट आन्दोलन झन झन चर्किदै

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ ,२५ साउन ।

कैलाली कञ्चनपुरका थारुहरु थरुहट स्वयत प्रदेशको माग गर्दै सोमबार पनि पुरै बजार बन्द गरेका छन् । कैलाली कञ्चनपुर लगायत कर्णाली पारीका जिल्लाहरु गाभेर ६ नम्बर प्रदेशको सिमांकन गरिदा थारुहरु झन आक्रोशित बनेका हुन् ।

थरुहट आन्दोलन परिचालन सघर्ष समितिले शनिबारदेखि नै कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा विरोध जुलुस, विरोध सभा र मसाल जुलुस प्रदर्शन गर्दै आइरहेका छन् । त्यसै सन्दर्भमा सोमबार पनि धनगढीको क्याम्पस चोकबाट विरोध जुलुस निकाली पार्क मोडमा पुगी कोणमा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै पूर्व सभासद तथा एनेकपा माओवादी पार्टीका जिल्ला इन्चार्ज विरमान चौधरीले सत्तामा बसेका शिर्षनेताहरुले आफ्नै मनोमानि ढंगले थारुहरुको अधिकारलाई कुण्ठित गर्दै प्रदेश सिमांकन गरी वर्षैदेखि उत्पीडनमा परेका जनताहरुको अधिकार प्रति धावा बोलेको बताए ।

उनले उत्पीडनमा परेका समुदाय, वर्ग र उत्पीडित क्षेत्रलाई नयाँ बन्ने संविधानले समान अधिकार दिने ठाउँमा सुदुरपश्चिमका ७ पहाडी जिल्ला दुई तराई जिल्ला संगै कर्णाली पारीका जिल्ला जोडेर उत्पीडित जनताको अधिकार खोसेको बताए । उनले भने “राज्य पुर्नसंरचना गरिनु भनेको भुगोल मात्र मिलाएर हुदैन । उत्पीडनमा परेका जनताको समान अधिकारको लागि राज्य सत्तासंगको पहुचलाई पनि जोड दिनु पर्छ । तर हाम्रा नेताहरुले जनता जनता लडाउने अन्तर विरोध सृर्जना गराईरहेका छन् ।”

त्यसै गरी अर्का नेता संघिय समाजबादी  फोरम लोकतान्त्रिकका होरीलाल थारुले विगतमा थरुहटको मागमा सम्झौता गरी थारु समुदायका जनतालाई भ्रममा पारी प्रदेश सिमांकनमा कुठराघाट गरेको आरोप लगाउदै सुदुर पश्चिमका ठूला भन्ने नेताहरुलाई कैलाली कञ्चनपुरमा राजनीति नगर्न आग्रह गर्नु भयो । उनले ६ नम्बर प्रदेशबाट कैलाली कञ्चनपुरलाई नअलग्याए नेपाल सरकारलाई असहयोग हुने खालको आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा आदिबासी जनजाती महासंघका जिल्ला अध्यक्ष तेज तारामी, सदभावना पार्टीका फोनिराम चौधरी, राना थारुको तर्फबाट गोविन्द राना लगायतले मन्तव्य दिएका थिए भने थारु कल्याणकारणीका जिल्ला कोषाध्यक्ष इन्दु चौधरीले समापन गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी