काठमाडौं, २४ साउन,
नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित “नेपाल–चीन मैत्रीका गौरवमय ६० वर्ष” शिर्षकको पुस्तक शनिवार सार्वजनिक गरिएको छ । सञ्चारकर्मी रमेश हतुवालीद्वारा सम्पादित सो पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, वरिष्ठ संस्कृतिविद् तथा सी.आर.आई. नेपाली विभागका पूर्व भाषा विशेषज्ञ सत्यमोहन जोशी र निवर्तमान मुख्य सचिव लिलामणी पौडेलले एक समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो ।
पुस्तकमा नेपाल–चीन सम्बन्धको संक्षिप्त बेलिबिस्तार, दुवै मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुका मैत्रीपूर्ण भ्रमण, चिनिया अन्तर्राष्ट्रिय रेडियो(सी.आर.आई.), सी.आर.आई.नेपाली विभाग, नेपाली विभागमा कार्यरत चिनियाहरु, निशुल्क रुपमा चीन भ्रमण गर्ने श्रोताको बिवरण, सी.आर.आई. कन्फ्युसियस क्लास रुम लगायतका विषयहरु समेटिएका छन् भने डा. हरिश्चन्द्र शाह, गंगा प्रसाद उप्रेती, मदन रेग्मी, राजेश्वर आचार्य, टंक प्रसाद कार्की लगायतका मैत्री संस्थाका पदाधिकारी, कुटनीतिज्ञ एवम् विद्वान व्यक्तित्वहरुले नेपाल–चीन मैत्रीका विषयमा व्यक्त गर्नुभएका विचारहरु समेटिएका छन् ।
सोही समारोहमा वरिष्ठ संस्कृतिविद् तथा सी.आर.आई.नेपाली विभागका पूर्व भाषा विशेषज्ञ सत्यमोहन जोशीलाई परिषद्का अध्यक्ष मान बहादुर खत्री, निवर्तमान मुख्य सचिव पौडेल र कुलपति उप्रेतीले अभिनन्दन गर्नुभएको थियो ।
जीवनको अत्यन्त उर्वर समय चीनमा बसेर नेपाली भाषा तथा संस्कृतिको विकास र विस्तारमा सहयोग पुर्याउनु भएको अथक योगदान तथा चिनिया अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली विभागको भाषा विज्ञको रुपमा रहेर रेडियो प्रशारणको माध्यमबाट नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा अतुलनीय योगदान गर्नु भएको भन्दै परिषद्ले जोशीलाई अभिनन्दन गरेको हो ।
अभिन्नदन लगत्तै बोल्दै वरिष्ठ संस्कृतिविद् जोशीले चीन र चिनिया अन्तर्राष्ट्रिय रेडियोप्रति आफूले गरेको योगदान बल्ल आएर श्रोता क्लबहरुको राष्ट्रिय परिषद् नेपालले बुझेको बताउनु भयो । सम्मान पाएर आफू अत्यन्तै हर्षित भएको बताउादै जोशीले चीन र नेपालबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन परिषद्ले उल्लेखनिय भूमिका निर्वाह गरेको बताउनु भयो ।
उहाले ऐतिहासिक घडिमा प्रकाशन गरिएको “नेपाल–चीन मैत्रीका गौरवमय ६० वर्ष” नामक पुस्तकको प्रकाशन अत्यन्तै सराहनिय कार्य भएको बताउनु भयो ।
सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, नेपाल सरकारका निवर्तमान मुख्यसचिव लीलामणि पौडेल, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्ऽ शाह, चिनिया सूचना केन्ऽका अध्यक्ष दिपक सरकार, सी.आर.आई. नेपाली सेवाका पूर्व भाषा विशेषज्ञ कृष्ण केसी, परिषद्का सल्लाकार तथा संस्थापक अध्यक्ष प्रकाशबाबु पौडेल, पुस्तकका प्रधानसम्पादक तथा परिषद्का सल्लाहकार रमेश कुमार भट्टराई हतुवाली लगायतले नेपाल चीन मैत्रीका विविध पक्षहरुमा चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
वक्ताहरुले ऐतिहासिक अवसरमा मुर्धन्य व्यक्तित्व सत्यमोहन जोशीको अभिनन्दन हुनु अत्यन्तै प्रशंसा योग्य कार्य भएको बताउादै प्रकाशित पुस्तकले नेपाल चीन मैत्रीको विकासमा ठूलो योगदान पुर्याउन सक्ने दाबी गर्नु भयो ।
कार्यक्रम नेपाल–चीन कुटनीतिक सम्बन्धको ६०औा वार्षिकोत्सव, चिनिया अन्तर्रा्ष्टि्रय रेडियो नेपाली सेवाको ४०औा वार्षिकोत्सव तथा सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद् नेपालको २० औा वार्षिकोत्सवको ऐतिहासिक अवसरमा आयोजना गरिएको थियो ।
कार्यक्रममा परिषद्का सचिव राजु शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन पुस्तकका सम्पादक तथा क्लबका सदस्य डिल्लीरमण सुवेदीले गर्नु भएको थियो ।

