काठमाडौ २० साउन ।
यसवर्षको एसएलसीको पुरक परीक्षा आजबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका कुल १ लाख २४ हजार २ सय ५१ जना परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षाका लागि देशभर २ सय २७ वटा केन्द्र निर्धारण गरिएको छ । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा २७ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
यसैबिच जुम्लाको जनता मावि महतगाउँ केन्द्रबाट प्रहरीले नौ जना नक्कली परिक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । परीक्षाको मर्यादा विपरितका क्रियाकलाप गरेको भन्दै दुई जना महिला र ७ जना पुरुष परिक्षार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
शिक्षा कार्यालयवाट गएको टोलिले प्रवेश पत्रमा फोटो बदलेर र नक्कली हस्ताक्षर गरी अर्कैको परीक्षा दिइरहेको भेटाएपछि नियन्त्रणमा लिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline