हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न थालीयो, २० प्रतिशतले उत्पादन घट्ने अनुमान

हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न थालीयो, २० प्रतिशतले उत्पादन घट्ने अनुमान

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

मुस्ताङ, १९ साउन ।

हिमालपारिको जिल्ला मुस्ताङमा किसानले स्याउ टिप्न सुरु गरेका छन् । आगामी दशैँ तिहारलाई लक्ष्य गरेर साउन महिनादेखि जिल्लाका किसानले स्याउ टिप्न सुरु गरेका हुन् । उनीहरुले टिपेका स्याउ अहिले जोमसोम, मार्फालगायतका बजारमा जान थालेको छ ।

स्याउको फूल खिल्ने बेलामा परेको लगातार हिमपात र पटक–पटकको असिनापानीका कारण स्याउको दाना कम लागे पनि टिप्न सुरु गरिएको थिनीका अगुवा किसान पलविसी थकालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, जोमसोम, मार्फा, टुकुचेलगायतका गाविसमा धमाधम स्याउ टिप्ने क्रम सुरु भएको छ । मुस्ताङी स्याउ म्याग्दी, पर्वत, बागलुङ, कास्की हँुदै राजधानी काठमाडौँमा समेत पुग्न गर्दछ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङ लगायत ८६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती हुन्छ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत विभिन्न क्षेत्रमा पहिरो जाँदा सिधा यातायात सञ्चालन हुन नसकेका कारण किसानले स्याउ टिपे पनि ढुवानीमा भने समस्या उत्पन्न भएको छ ।

स्याउको राजधानी समेत भनेर चिनिने मुस्ताङमा प्रतिकूल मौसमका कारण यस वर्ष २० प्रतिशतले स्याउको उत्पादन घट्ने अनुमान गरिएको छ ।

स्याउको उत्पादन घट्ने भएपछि यस वर्ष मूल्य बढ्ने भएको छ । गत वर्ष प्रतिकिलो रु ६० मा बिक्री गरेका किसानले यस वर्ष रु ७० सम्म पु¥याउने बताएका छन् । मुस्ताङमा पछिल्लो समय व्यक्तिगतभन्दा सामूहिक र सहकारीका माध्यमबाट स्याउखेती गर्ने परम्परा बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी