काठमाण्डौ,१७ साउन ।
नामंकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्नुपर्ने लगायतका माग राख्दै तामसालीङ संयुक्त संघर्ष समितिले आज खबरदारी सभाको आयोजना गरेको छ ।
राजधानीको बबरमहलबाट झाकीसहित सुरु भएको विरोध रयाली संविधान सभा भवन नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका सदस्य एवम् नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योन्जनले जानकारी दिनु भयो ।
संविधानको प्रारम्भिक मस्यौदामा तीव्र असन्तुष्टी जनाउदै आएको समितिले नामंकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, पहिचान सहितको तामसालीङ स्वयत्त प्रदेश, धर्मनिरपेक्षता, समानुपातिक संघिय व्यवस्था, तामसालीङ प्रदेशमा तामाङ भाषालाई कामकाजी भाषाको रुपमा राख्नु पर्ने लगायतका माग राखेका छन् ।
आफूहरुको मागलाई तत्काल सम्बोधन नगरे थप संघर्षमा उत्रिने संघर्ष समितिको चेतावनी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



