तामसालीङको विरोध रयाली बबरमहलबाट सुरु

तामसालीङको विरोध रयाली बबरमहलबाट सुरु

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाण्डौ,१७ साउन ।

नामंकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्नुपर्ने लगायतका माग राख्दै तामसालीङ संयुक्त संघर्ष समितिले आज खबरदारी सभाको आयोजना गरेको छ ।


राजधानीको बबरमहलबाट झाकीसहित सुरु भएको  विरोध रयाली संविधान सभा भवन नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका सदस्य एवम् नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योन्जनले जानकारी दिनु भयो ।


संविधानको प्रारम्भिक मस्यौदामा तीव्र असन्तुष्टी जनाउदै आएको समितिले नामंकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, पहिचान सहितको तामसालीङ स्वयत्त प्रदेश, धर्मनिरपेक्षता, समानुपातिक संघिय व्यवस्था, तामसालीङ प्रदेशमा तामाङ भाषालाई कामकाजी भाषाको रुपमा राख्नु पर्ने लगायतका माग राखेका छन् ।


आफूहरुको मागलाई तत्काल सम्बोधन नगरे थप संघर्षमा उत्रिने संघर्ष समितिको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी