काठ्माडौ, १२ साउन ।
नेत्रवक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज गर्ने भनिएको एक घण्टाको चक्का जाम फिर्ता लिएको छ । गत साउन ८ गते नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई आज रिहाई गर्ने भएपछि आजको चक्का जाम फिर्ता लिएको सो पार्टीले जनाएको छ ।
पार्टी प्रवक्त खडग बहादुर विश्वकर्म प्रकाण्डले आज बिहान एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहा गर्ने सहमति भएकाले आज देशव्यापि रुपमा गर्ने भनिएको चक्काजाम फिर्ता लिएको बताउनु भयो ।
पक्राउ परेका आफ्ना नेता कार्यकर्ता निर्शत रिहाको निम्ति सरकारसंग सहमति भएको तथा सहमतिको पालना नगरे आफूहरु थप कडा संघर्षमा उत्रिन बाध्य हुने विज्ञप्तीमा उल्लेख छ ।
माओवादीले गत साउन ८ गते पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै साउन ९ गते देखि विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए । जस अनुसार साउन १० गते देशव्यापी कोणसभा तथा हिजो साँझ मशाल जुलुस निकालेको नकपा माओवादीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
