नेता कार्यकर्ता रिहा गर्ने सहमतिपछि माओवादीद्धारा चक्कजाम कार्यक्रम फिर्ता

नेता कार्यकर्ता रिहा गर्ने सहमतिपछि माओवादीद्धारा चक्कजाम कार्यक्रम फिर्ता

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठ्माडौ, १२ साउन ।

नेत्रवक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज गर्ने भनिएको एक घण्टाको चक्का जाम फिर्ता लिएको छ । गत साउन ८ गते नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई आज रिहाई गर्ने भएपछि आजको चक्का जाम फिर्ता लिएको सो पार्टीले जनाएको छ ।

पार्टी प्रवक्त खडग बहादुर विश्वकर्म प्रकाण्डले आज बिहान एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहा गर्ने सहमति भएकाले आज देशव्यापि रुपमा गर्ने भनिएको चक्काजाम फिर्ता लिएको बताउनु भयो ।

पक्राउ परेका आफ्ना नेता कार्यकर्ता निर्शत रिहाको निम्ति सरकारसंग सहमति भएको तथा सहमतिको पालना नगरे आफूहरु थप कडा संघर्षमा उत्रिन बाध्य हुने विज्ञप्तीमा उल्लेख छ ।


माओवादीले गत साउन ८ गते पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै साउन ९ गते देखि विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए ।  जस अनुसार साउन १० गते देशव्यापी कोणसभा तथा हिजो साँझ मशाल जुलुस निकालेको नकपा माओवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी