१० वर्षीय बालकलाई बली दिने ५ जना अभियुक्त पक्राउ

१० वर्षीय बालकलाई बली दिने ५ जना अभियुक्त पक्राउ

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,१० साउन ।

नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बली दिने ५ जना अभियुक्त पक्राउ परेका छन । प्रहरीले पक्राउ गरेकाहरूले बालिकलाई बली दिएको स्वीकार गरेका हुन् ।

कोदाइ हरिजनसहितका पक्राउ परेका अभियुक्तले नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बली दिएको  स्कीकारेका छन ।

पक्राउ पर्नेमा कोदाइ हरिजन, बिरामी भनिएका उनका १८ वर्षका छोरा विजय हरिजन, झाक्री गंगा हरिजनसहित ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबारदेखि वेपत्ता भएका बालकको शव दुर्गा मन्दिर नजिकै भेटिएपछि स्थानीयले बालकलाई बली दिएको आशंका गरेका थिए । आफ्नो १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको बली दिएमा निको हुने धामीको विश्वासमा छिमेकीको छोरालाई बली दिएको कोदाइले प्रहरीसमक्ष स्वीकारेका छन ।

बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर तीनजनाले समातेको र कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनु भयो ।

कोदईले हत्या गर्न सघाउनेलाई ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन् । बालकलाई बली दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी