साउन ७ कैलाली
कम्युनिष्टहरु पुष्पलालको बिचारमा हिड्न नसकेको भन्दै आलोचना बढ्दो नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्मृति दिवसका अवसरमा अन्तरक्रिया, गोष्ठी, बृक्षारोपण लगायतका बिभिन्न कार्यक्रम गरि दिवस मनाईएको हो । दिवसको अवसरमा आज कैलालीमा पनि कम्युनिष्टहरुले बिबिध कार्यक्रम सम्पन्न गरेका छन ।
स्मृति दिवसमा, प्रेस चौतारी नेपाल नेपाल खेलकुद महासंघ लगायतका बिभिन्न संघसस्थाहरुले बृक्षारोपण कार्यक्रम गरेका छन । प्रेस चौतारीले आज कैलालीको दोदोधरा गाविस वडा न २ मा रहेको धार्मिक पर्यटीकय क्षेत्र बर्दगोरीया मन्दीर परिषरमा २ सय विरुवाको बृक्षारोपण गरेको हो ।
यस्तै नेपाल खेलकुद महांसघ धनगढी शाखाले पनि स्थानिय श्रीकृष्ण सामुदाकिय बनमा बृक्षारोपण गरेको जनाएको छ । महासंघका अध्यक्ष ईश्वरी जंग बमको सभापतित्वमा सम्पन्न बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले कैलालीका जिल्ला अध्यक्ष दिर्घ सोडारी रहनुभएको थियो ।
यस्तै स्मृति दिवसमा कैलालीका बिभिन्न स्थान संगै कंचनपुर र सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा पनि कम्युनिष्ट सर्मथकहरुले बिबिध कार्यक्रम आयोजना गरेका छन । बिक्रम संवत १९८९ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मिनु भएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
पुष्पलालकै पहलमा २००६ सालमा भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । २०२२ सालबाट कम्युनिष्ट पार्टी विभाजन हुादै जाने क्रममा २०२५ सालमा पुष्पलालले पञ्चायती व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलनको कार्यदिशा ल्याउनुभएको थियो । नेता भन्दा नीतिलाई प्रधान बनाउनुपर्छ भन्ने पुष्पलालको विचारमा नेपालका कम्युनिष्ट पार्टीहरु हिंड्न नसकेको भन्दै जनस्तरबाट ब्यापक आलोचना हुने क्रम बढ्दै जान थालेको छ ।
एउटै कम्युनिष्ट पार्टि पनि अहिले फुटेर ७ टुक्रा भन्दा बढि भएको छ । बहुलबाद होईन प्रजातान्त्रिक समाजवाद लेखिनु पर्छ ।
अब बन्ने संविधानमा बहुलवाद मात्र लेखिएको बुदामा प्रजातान्त्रिक समाजवाद लेखिनु पर्ने एक कार्यक्रमका सहभागि वक्ताहरुले बताएका छन । जननायक विपी कोइरालााको ३३ औ स्मृति दिवसको अवसरमा नेपाल तरुण दल कैलालीको आयोजना र तरुण दल क्षेत्र नम्बर १ कैलालीको संयोजनमा आज टीकापुरमा आयोजित आजको परिस्थितिमा बहुलवादको सान्र्दभिकता विषयक विचारगोष्ठी कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नयाा बन्ने संविधानमा देशमा प्रजातन्त्रको स्थायित्वका लागि प्रतान्त्रिक पद्धतीलाई समेट्नु पर्ने बताएका हुन ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले विपीले देखाएको मार्गदर्शनलाई नेपाली कांग्रेसले भुल्न नहुनेमा जोड दिनुभयो । यस्तै विशिष्ट अतिथी एवं पूर्व ऊर्जा राज्य मन्त्री चन्द्र सिहं भट्टराईले वर्तमान परीवेशमा विपीको सिद्धान्तको अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद गंगाबहादुर कुवंर, तरुण दलका केन्द्रीय पार्षद प्रेम ओझा, नेविसंघका पूर्व केन्द्रीय सदस्य नमराज उपाध्याय, नेविसंघका पूर्व सह महामन्त्री धिम बडुवाल, नेविसंघका केन्द्रीय सदस्य प्रकाश शाह, केशव मिश्र लगायतले बोल्नु भएको थियो ।
नेपाल तरुण दल कैलालीका उपाध्यक्ष गणेश शाहले स्वागत राख्नुभएको कार्यक्रमको सञ्चालन तरुण दलका जिल्ला सचिव प्रकाश जोशीले गर्नु भएको थियो । एकता भयो । सुदूरपश्चिमका ४ जिल्लामा जिल्ला कार्य समिती रहेको नेकपा एकीकृत मसालमा समाहित भएको छ । परि थापाले नेतृत्व गरेको नेकपा एकीकृतका केन्द्रिय सदस्य मदन बडायक र कैलाली जिल्ला सेक्रेटरी हुकुम साउद सहित कैलाली, कञ्चनपुर डोटी र बझाङको सिंगो नेतृत्व नेकपा मसालमा फर्किएको हो ।
आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी दुई पक्षले पार्टी एकताको औपचारिक घोषणा गरेका छन ।
पत्रकार सम्मेलनमा मसालका महामन्त्री मोहन विक्रम सिह, एकिकृतका केन्द्रिय सदस्य मदनसेन बडायक र राष्ट्रियपरिषद सदस्य हुकुम साउद बिचको निर्णयले पार्टि एकताको घोषणा गरिएको जानकारी दिईएको छ । हस्तान्तरण सामाग्री जिल्ला दैबि प्रकोप उद्धार समितिको मातहतमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जिल्ला स्थित तीन ओटै सुरक्षा निकायहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई खोज तथा उद्धार कार्यमा आवश्यक सामाग्री बितरण गरेको छ ।
बिपद परेको बेला बिपद न्युनीकरण गर्न आवश्यक पर्ने सामाग्री सजिलै उपलब्ध होस भन्ने उद्धेश्यले आज जिल्ला दैबि प्रकोप उद्धार समितिको मातहतमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले १८ प्रकारका सामाग्रीहरु सुरक्षा निकायहरुलाई हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, शसस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेश क्याम्प डडेल्धुरा र गरुडदल गण दह ब्यारेक डडेल्धुरालाई बिपदको समयमा चाहिने १८ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकार प्रेमप्रसाद लुईटेलले जानकारि दिनुभयो । उक्त सामाग्रीहरु जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा बिगत ३ बर्षदेखि थन्किएको अवस्थामा रहेका थिए । इराक लैजाने भनि दिल्ली पुयाउन लागिएका ५ जनाको उद्धार कन्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट दलालहरुले इराक पठाइदिने भन्दै भारतको दिल्ली लैजान लागेको अवस्थामा ५ जना भूकम्पपीडिको उद्धार गरिएको छ । सीमास्थित माइती नेपालले काठमाडौंबाट ल्याइएका चार महिला सहित एक पुरुषको उद्धार गरेको हो । उद्धार गरिएकाहरुमा सिन्धुपाल्चोक मार्मिङकी ३७ वर्षीया पासाङ तामाङ, भोटेनाम्माङ–५ की ३८ वर्षीया निमा शेर्पा, राम्के गाविस–३ की ३२ वर्षीया सविता तामाङ, खोटाङ माम्पा–६ की ४१ वर्षीया उमा तामाङ र सोही गाविसका १८ वर्षीय अशोक राई रहेका छन् । भूकम्प गएदेखि पश्चिमी नाका गडडचौकीबाट हालसम्म ६६ जनाको उद्धार गरिएको माइती नेपाल कन्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । एक हजार लिटर अवैध मदिरा बरामद नेपाल प्रहरीले बझाङ सदरमुकाम चैनपुरका होटलहरु बाट अवैध घरेलु मदिरा बरामद गरेको छ । होटलमा छापा मार्दा प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको हो । होटलमा छापा मारेर ५ वटा मदिरा बनाउने भाडाा, २० वटा मदिरा पार्न तयार पारेको कच्चा पर्दाथका साथै २० भन्दा बढी मदिरा राखेको गेलिन संगै एक हजार लिटर अवैध मदिरा बरामद गरिएको प्रहरी नायब निरिक्षक देव बहादुर कुावरले बताउनुभयो । चैनपुरमा अवैध मदिरा निकाल्नेमा भोटेजातीहरु बढी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक कमल विष्टको भनाई छ । उहाका अनुसार पहिलो पटक होटल संचालक लाई आगामी दिनमा अवैध मदिराको कारोवार नर्गने सर्तमा छोडिएको छ भने आगामी दिनमा पनि अवैध मदिराको कारोवार गरिएको भेटिए कडा कारबाहि गरिने भएको छ । प्रहरीले बरामद मदिरा बाहुलीगाड खोलाको किनारमा नष्ट गरेको थियो । २० बर्ष पछि खानेपानि आयोजना पन: सुचारु २०५२ साल देखि बन्द रहेको डडेल्धुराको अजयमेरु खानेपानि आयोजना पुन: संचालनमा आएको छ । डडेल्धुराको अजयमेरु गाविसको रोल्लि र जिजोडा गाउमा रहेको खानेपानी आयोजना पुननिर्माण संगै पुनह संचालनमा आएको हो । जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालय र अजयमेरु खानेपानि उपभोक्ता समितीको संयुक्त पहलमा खानेपानि आयोजना सुचारु भएको स्थानिय तारा भट्टले बताउनुभयो । खानेपानि आयोजना बाट प्रत्यक्ष रुपमा अजयमेरु गाविसको रोल्लि र जिजोडा गाउका ४० घर घुरी लाभान्वित बनेका छन । यस अघि पुननिर्माण अभावमा कुल २२ लाख लागतमा निर्माण भएको खानेपानी आयोजना अलपत्र अवस्थामा रहेको थियो । ल्याण्डलाईन सेवा सुरु पूर्वी अछामको विनायक बजारमा नेपाल टेलिकमको ल्याण्डलाईन सेवा सुरु भएको छ । दुर सञ्चार कार्यालय अछाम शाखाको पहलमा बिनायक बजारमा सेवा विस्तार भएको हो । अब स्थानीयले सहज रुपमा टेलिफोन सेवा लिन पाउने इलाका प्रशासन कार्यालयका कर्मचारी शेरबहादुर बोहराले बताउनुभयो । ल्याण्डलाईन टेलिफोन सेवा बिस्तार संगै बिनायक बजार र त्यस आसपासका स्थानियलाई भरपर्दो र प्रभावकारी सूचना तथा सञ्चार प्रवाहमा टेवा पुग्ने बोहराको भनाइ छ । टेलिकमले जडान शुल्क दुई हजार ४ सय ७६ मा सेवा दिएको दुर सञ्चार कार्यालय अछामले जानकारी दिएको छ । बिनायक बजार र आसपासमा ४८ वटा लाइन बितरण गर्ने लक्ष्यसहित टेलिकमले एडिएसएल सहितको सेवा सुरु गरेको दुर सञ्चार कार्यालय अछाम शाखाका प्रमुख खडक धामीले बताउनुभयो । डडेल्धुराका दलित महिलाहरुमा बचत गर्ने बानिको बिकास।। डडेल्धुराका दलित महिलाहरु स्वरोजगार बन्न थालेका छन । बचत गर्ने बानिको बिकास संगै डडेल्धुराका दलित महिलाहरु स्वरोजगार बन्न थालेका हुन । अमरगडि नगरपालिका ५ डडेल्धुराका दलित महिलाहरु अहिले बचत गरेको रकमले आफ्नै ब्यापार, ब्याबसाय गर्न थालेका छन । बिभिन्न गैर सरकारि संघ संस्था तथा बैक, सहकारिले महिलाहरुमा समुहको निर्माण गरिे दलित महिला हरुमा बचत गर्ने बानिको बिकास भएको हो । बचत गर्ने बानिको बिकास संगै उनिहरुले बिभिन्न पेसा आगालेर आफलाई स्वाबलम्बि बनाएका हुन । बचत गरेको पैसाले सिलाई पसल खोलेपछि अहिले राम्रो आम्दानी भईरहेको स्थानिय गिता नेपालिले बताउनु भयो । रोपनी सार्वजनिक जमिनमा वृक्षरोपण ।। बैतडीको कुवाकोटका स्थानीय वासिन्दाले झण्डै ८० रोपनी सार्वजनिक जमिनमा वृक्षरोपण गरेका छन् । पुस्तौं देखी गौचरणका रुपमा प्रयोग हुंदै आएको कुवाकोट गाविसको वडा नं. १ को दहताल स्थित घुङरेवांज देखी वगैरधार सम्मको खाली जग्गामा झण्डै ४ सय विभिन्न प्रजातिका विरुवाहरु रोपिएको कुवाकोटका स्थानीयले जनाएका छन् । घुङरेवाज देखीको वगैर धार सम्मको डांडोलाई पूरै हरियाली वनाउने उद्धेश्यका साथ स्थानीय स्तरमा पाईने उदिस, सौड, वांज, वुरौज, ओखर, दल्लो लगायतका विरुवाहरु रोपिएको स्थानीयको भनाई छ । नवदुर्गा घरवारि कृर्षक समूहको अगुवाईमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको स्थानिय केशव पन्तले बताउनुभयो