काठमाण्डौ,७ साउन ।
एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री नै नेपालका लागि उपयुक्त हुने बताउनु भएको छ ।
बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता डाक्टर भट्टराईले धेरै जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने मत दिएको भन्दै नेपालका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री नै लागि उपयुक्त हुने बताउनु भयो ।
मुलुकको शासकीय स्वरुपका विषयमा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनपर्ने मत दिएकाले यसमा पुनर्विचार गरिने बताउदै उहाले आफनो पाटी पनि त्यसकै पक्षमा रहेको बताउनु भयो । संवाद समितिका सभापति समेत रहेका भट्टराईले जनमतलाई कदर गर्दै समितिले नयाँ सहमतिको पहल गर्ने जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline