साउनभित्रै संघीयतासहितको लोकतान्त्रिक संविधान– सिटौला

साउनभित्रै संघीयतासहितको लोकतान्त्रिक संविधान– सिटौला

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

झापा । नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले सर्वस्वीकार्य संघीयतासहितको लोकतान्त्रिक संविधान साउन महिनाभित्र जारी हुने बताएका छन् । ३३औं बीपी स्मृति दिवशको अवसरमा झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रमलाई संवोधन गर्दै महामन्त्री सिटौलाले प्ररम्भिक मस्यौदामा जनताले दिएको सुझावलाई समेत अधिकतम समेटेर सर्वस्वीकार्य संघीयतासहितको लोकतान्त्रिक संविधान साउन महिनाभित्र जारी हुने जनाएका हुन् ।

अब बन्ने संविधानले नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवादी आर्थिक नीतिलाई महत्व दिएको उल्लेख गर्दै सिटौलाले बीपी कोइरालाले

उठाएको संविधानसभा मार्फत संविधान निर्माण कार्यको नेतृत्व कांग्रेसले गरेको दावी गरे । उनले सहमतिको सुरुवात २०३३ सालमा बीपीले ल्याएको राष्ट्रिय मेलमिलापले सुरु गरेको स्मरण गर्दै २०६२/६३ को जनआन्दोलन त्यसैको उपलब्धी रहेको दावी गरे । बहुलवाद, लोकतन्त्र र संघीयता बाहेकका विषयमा जनताका राय सुझाव अधिकतम समेटिने भन्दै सिटौलाले हरेक जाति, वर्ग, समुदाय, लिङ्ग र धर्मलाई नयाा संविधानले समेटेर आउनेमा विश्वस्त हुन सवैलाई आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी