आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको देउवाको दावी

आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको देउवाको दावी

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, साउन ६ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ ।

बीपी कोइरालाको ३३ औं स्मृति दिवसको अवसरमा प्रेस युनियनले आज राजधानीमा गरेको कार्यक्रममा नेता देउवाले पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो नहुने भन्दै आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जिकीर गर्नुभयो ।

यस्तै उहाले आफू पार्टी एकताको पक्षमा रहेको पनि स्पस्ट पार्नुभएको छ । पार्टीमा ६० र ४० को भागबन्डा अन्त्य भएपछि मात्र सुशील कोइराला प्रधानमन्त्री बन्न सम्भव भएको बताउनु भयो । नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको पनि उहाले दाबी गर्नुभयो ।

यस्तै कार्यक्रममा नेता अर्जुननरसिंह केसीले कांग्रेसभित्र विचारभन्दा पनि व्यक्तिवादी प्रवृति हावी भएको भन्दै पार्टी सुदृढीकरणका लागि विशेष अभियान थाल्नुपर्ने बताउनु भयो । बीपीले देखाएको बाटोबाट पार्टी विचलित भएको भन्दै केसीले पार्टीलाई बीपीको विचारबाटै अगाडि बढाउनु पर्ने आवश्यक्त रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष  बद्री सिग्देललगायतले नया संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने बताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी