काठमाडौं, ५ साउन ।
बरिष्ठ संविधानविद डा भीमार्जुन आचार्यले भावि संविधानको मस्यौदा २०६३ सालको अन्तरिम संविधान भन्दा पनि अत्यन्तै कमजोर रहेको टिप्पणी गर्नुभएको छ । युवा अभियान नेपालले भावि संविधानको मस्यौदामा युवाहरुको सुझाव नामक काठमाडौस्थित नया वानेश्वरमा आयोजना गरेको एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै आर्चायले यस्तो बताउनु भएको हो ।
न्याय सम्बद्ध राज्यको बोध नभएको मस्यौदा न्युन स्थरका २\४ जना व्यक्तिहरुको समुहले आफ्नो मनपरि ढंगले तयार पारेको भन्दै डा। आर्चायले जनजाति, दलित, महिला, आदिवासी र सिमान्तकृत तथा पिछडिएका बर्गको पक्षमा नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ।नेपाल बहु भाषिक, बहु धार्मीक र बहु सांस्कृतिक मौलिकता बोकेको मुलुक हो यो मस्यौदाले नेपाल र नेपालीहरुबिच एकता नल्याएर झगडा गराउछ ।
कार्यक्रममा बोल्दै संविधानसभा सचिवालयका सहसचिव ज्ञानराज सुवेदीले अहिलेको मस्यौदामा युवाहरुको मुद्धालाई स्पष्ट रुपमा कहि कतै पनि नसमेटिएको बताउनुभयो । उहाले कुनैपनि दलको नेता तथा सांसद बन्न र संबैधानिक निकायमा काम गर्न उमेर र योग्यताको हदम्याद तोकिनुपर्ने सुझाव दिनुभयो ।
यस्तै कार्यक्रमकी अर्की वक्ता एवम राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी महासचिव टिका दहालले नेपाली नागरिकको सवालमा आमा र बुवा दुबैको उपस्थिती आवश्यक रहेको भन्ने बुदालाई परिमार्जन गरि आामा वा बुवा मध्ये एक भए हुन्छ भनेर नयाँ संविधानको मस्यौदामा लेखिनुपर्ने बताउनु भयो । उहाले अपाङ्ता भएका व्यक्तिहरुको हक अधिकार स्पष्ट रुपमा उल्लेख नगरेर अपाङ्ग व्यक्तिहरुलाई झुक्याउन खोजिएको आरोप लगाउनु भयो ।
सुझाव संकलनका क्रममा बोल्ने अधिकांस युवा बक्ताहरुले देश निर्माणका लागि जुनसुकै क्षण रगत बगाउन तयार रहेको युवा शक्तिको हक अधिकारलाई संविधानमा कुण्ठित गरिएको भन्दै त्यसलाई सच्याउन सुझाव दिएका थिए ।
युवा अभियान नेपालले उपत्यकाका ३ सहित मध्य र सुदुरपश्चिमका गरी ११ ओटा जिल्लाका युवाहरुको सुझाव संकलन गरेको बताउदै संकलित सबै सुझाव आजै संविधानसभामा पु¥याइने बताएको छ । नया संविधानको मस्यौदा आम नेपाली र युवाहरुको पक्षमा नभएर बुदाहरुको खिचडी मात्र भएको युवाहरुले बताए छन ।