बागमती किनाराका सुकुम्बासीलाई उचित क्षतिपुर्ति सहित पुनस्थापना गर्न संघर्ष समितीको माग

बागमती किनाराका सुकुम्बासीलाई उचित क्षतिपुर्ति सहित पुनस्थापना गर्न संघर्ष समितीको माग

  • मङ्लबार, साउन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौ,५ साउन ।

बागमती किनाराबाट बिस्थापित सुकुम्बासीलाई उचित क्षतिपुर्ति सहित पुनस्थापना गर्न संयुक्त राष्ट्रिय सुकुम्बासी संघर्ष समितीले माग गरेको छ । समितीले आज राजधानीमा पत्रकार सम्मेलन गरी ७ दिनभित्र बिस्थापित सुकुम्बासीलाई पुनस्थापना गर्न माग गरेको हो ।

समितीले बिना बिकल्प सरकारले डोजर चलाएर २ सय ६४ घरपरिवारलाई बिस्थापित बनाएको भन्दै यथासिघ्र क्षतिपुर्ति सहित स्थानान्तरण गर्न सरकारलाई ७ दिने अल्टीमेटम दिएको छ । समितीले ७ दिन भित्र माग सम्बोधन नभए कडा संर्घषका कार्यक्रम गर्ने जनाएको छ ।

समितीले भोली अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समितीको कार्यालय अगाडी धर्ना दिने जनाएको छ । यस्तै रिले अनसन ,प्रधानमन्त्री शुशिल कोइरालालाई ज्ञापन पत्र, सभामुख सुबास चन्द्र नेम्वाङलाई ध्यानकार्षण गराउने लगायतका कार्यक्रम सार्बजनिक गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठनका अध्यक्ष पदम देबकोटाले प्रयागघाटबाट ६ र थापाथलीका २ सय ५८ सुकुम्बासी घर परिवारहरु बिस्थापित भएको भन्दै तत्काल पुनस्थापन नगरी कडा संघर्षका कार्यक्रम घोषणा गरीने चेतावनी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी