मस्यौदा माथि सुझाव संकलन कार्य जारी

मस्यौदा माथि सुझाव संकलन कार्य जारी

  • मङ्लबार, साउन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, ५ साउन ।

संविधानको प्रारम्भिक मस्यौदा माथि जनताको सुझाव लिने क्रम आज पनि जारी छ । सुझाव संकलनका लागि विहानैदेखि तोकिएका स्थानमा सभासद र सर्वसाधारणको उपस्थिती रहेको छ ।

मुलुकभरका २ सय ४० ओटा निर्वाचन क्षेत्रमा आफूलाई पायक पर्ने स्थानबाट हिजो छुटेका सर्वसाधरणले आज मस्यौदा माथि सुझाव दिदै छन् ।

सुझाव संकलन स्थलमा कुनै अप्रिय घटना नहोस भन्नका लागि आज पनि सुरक्षा व्यवस्था कडा पारिएको गृहमन्त्रालयले जनाएको छ । प्रमुख दलका शिर्ष नेता तथा मन्त्री ,सभासदमाथि नै आक्रमणको प्रयास भएपछि आज सुरक्षा ब्यावस्था कडा पारीएको जनाईएको छ ।

मस्यौदामाथि सुझाव दिन सहजताका लागी आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।

बिभिन्न राजनितिक दल ,संग संगठनका नेता कार्यकर्ताले हिजो देशभर मस्यौदा खोसेर च्यात्नुका साथै ,जलाएका थिए ।

विप्लब नेतृत्वको नेकपा माओवादी, मधेशवादी दल, राप्रपा नेपाल लगायतका दलहरुले हिजो देशका विभिन्न स्थानमा विरोध प्रर्दशन गर्नुका साथै संविधानको मस्यौदा च्यातेका छन् ।

विशेष गरी तराईका जिल्लाहरुमा सुझाव संकलनका क्रममा भएको विरोधमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।

मधेश केन्द्रत असन्तुष्ट दलका कार्यकर्ताहरुले बिहानै देखि विरोध प्रदर्शन गर्दै धनुषा जिल्ला बन्दको घोषणा गरेपछि सुझाव संकलन कार्य आजपनि प्रभावित हुने देखिएको छ ।

आज पनि मस्यौदामाथिको सुझाव संकलन कार्यमा अबरोध गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी