नामंकन र सिमांकन सहितको संघियता अस्विकार्य

नामंकन र सिमांकन सहितको संघियता अस्विकार्य

  • मङ्लबार, साउन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौ ५ साउन ।
नेपाल आदिवासी जनजाति महासंघ मकवानपूरले अन्तरिम संविधानको व्यवस्था विपरित नामंकन र सिमांकन बिनाको उधारो संघियता आफूहरुलाई स्विकार्य नहुने भन्दै आपत्ति जनाएका छन् ।

मस्यौदामाथि प्रमुख जिल्ला अधिकारी रामप्रसाद खतिवडा मार्फत संविधान सभामा पठाएको सुझाव पत्रमा महासंघले
अन्तरिम संविधान २०६३ को संवैधानिक व्यवस्थाको उल्लङ्घन गरी संविधानको प्रारम्भिक मस्यौदा आएको भन्दै आदिवासी जनजाति र मधेशी समुदायको हक अधिकार कटौती गरेको प्रति आपत्ति जनाएका हुन् ।

विगतमा सरकारले नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति संयुक्त संघर्ष समिति, तामसालीङ संयुक्त संघर्ष समिति, आदिवासी जनजाति सरोकारवालासागको सहमति तथा सम्झौताहरुलाई अक्षरस कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

प्राकृतिक स्रोत साधन माथि स्वामित्व, नियन्त्रण, प्रयोग, व्यवस्थापन र संरक्षणको हक हुनुपर्ने महासंघको माग छ ।  प्रदेशहरुभित्र स्वयत्त क्षेत्र र संरक्षित क्षेत्र बनाइनुपर्ने तथा निर्वाचन प्रणालीमा प्रत्यक्ष ४० प्रतिशत र समानुपातिकमा ६० प्रतिशत कायम गर्नुपर्ने महासंघको सुझावमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी