५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा अमेरिकामा

५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा अमेरिकामा

  • मङ्लबार, साउन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

अमेरिका र क्यूवाबीच कुटनीतिक सम्बन्ध पुनस्र्थापना भएपछि अमेरिकामा ५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा फहराएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी क्यूवाका विदेशमन्त्री ब्रनो रोड्रिगुएजले अमेरिका स्थित क्युवाको दुतावास भवनमा झण्डा फहराउनु भएको थियो ।

गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्यूवाका राष्ट्रपति राउल क्यास्ट्रोको ऐतिहासिक घोषणासँगै यी दुई देशबीच कुटनीतिक सम्बन्ध पुनः सुरु भएको हो ।

फिडेल क्यास्ट्रोको अगुवाईमा क्यूवामा भएको क्रान्तिसँगै सन् १९६१ मा दुई देशबीच कुटनीतिक सम्बन्ध बिच्छेद भएको थियो । जसअनुसार अमेरिकाले क्यूवासँग सबै प्रकारको लेनदेनमा प्रतिबन्ध लगाउँदै आएको थियो ।

अमेरिका र क्यूवाबीच पुनः सम्बन्ध वहाल भएपछि क्यूवाका नागरिकमा उत्साह बढेको छ भने अमेरिकी लगानीकर्ता पनि क्यूवामा लगानीको सम्भावना खोज्न थालेका छन् । यद्यपी क्यूवामाथि अझै पनि विभिन्न प्रकारका अमेरिकी प्रतिबन्ध जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी