कृष्ण सिटौलाको निर्वाचन क्षेत्रमा पनि सुझाव संकलनका क्रममा झडप

कृष्ण सिटौलाको निर्वाचन क्षेत्रमा पनि सुझाव संकलनका क्रममा झडप

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

साउन ४ झापा । झापाको क्षेत्र नम्बर–३ मा सुझाव संकलनका लागी सहभागी बनेका कृष्ण सिटौलाको कार्यक्रममा झडप भएको छ । झापाको बनियानी गाबिसको स्वास्थ्य चौकीको भवनमा आयोजित कार्यक्रम स्थल यतिबेला तनाबपुर्ण रहेको हाम्रा भद्रपुर सम्वाददाताले जनाएका छन् ।

राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रम स्थलमा प्रवेश निषेध गरिए पछी प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबिच झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । बनियानीको अवस्था तनावपूर्ण बनेको थियो ।

राप्रपा नेपाल लगायतको समूहले बाहिर नारा जुलुस र प्रदर्शन गरिरहेको छ भने गेटमा ताला लगाएर हल भित्र सुझाव संकलन भइरहेको छ । प्रदर्शन र झडप भएपछि प्रहरीले संचारकर्मीलाईसमेत हल भित्र प्रवेश गर्न दिएको छैन । सुझाव संकलन भवनमा राप्रपा नेपालका कार्यकर्तालाई प्रवेशमा रोक लगाएपछि दुवैपक्षविच झडप भएको हो । प्रहरी र कार्यकर्ताबिच बादबिवाद भई ठेलाठेल भएपछि झडप सुरु भएको थियो ।

कार्यक्रम स्थलमा प्रहरीले लाठी चार्ज सुरुगरेपछि कार्यकर्ताको भाग दौड मचिएको थियो । भवनभित्र सुझाव संकलनकार्य जारीरहेको छ  । विपक्षी कार्यकर्ताले जेनेरेटरको तार काटिदिएका छन् । भवन वाहिर कार्यकर्ताले नारावाजी गर्दै हो हल्ला गरिरहेको प्रहरीले बताएको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी