काठमाण्डौ,४ साउन ।
संविधानको मस्यौदामाथिको सुझाव संकलन कार्यको विरोधमा जनकपुरमा व्यापक बिरोध भएको छ । जनकपुर उद्योग वाणिज्य संघको मुलद्वारमा सुझाव संकलन कार्यको विरोधमा उत्रिएका मधेस केन्द्रित असुन्तष्ट समूह र प्रहरीबीच झडप भएको हो ।
अन्तरिम संविधान र सर्वोच्च अदालतको आदेश विपरित राय सुझाव संकलन गर्न लागिएको भन्दै बिरोध जनाएपछि स्थिति तनावग्रस्त बनेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को जनकपुर बजारस्थित उद्योग वाणिज्य महासंघको सभाहलमा गर्ने भनिएको सुझाव संकलन कार्यक्रम असन्तुष्ट समुहको विरोधका कारण अझै शुरु हुन सकेको छैन् ।
मधेश अधिकार संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । त्यसमा प्रहरीले हस्तक्षेप गरी लाठि चार्ज गरेपछि अहिले जनकनपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline