अछाममा आर्थीक बर्ष ०७१—०७२ भित्र २ हजारले राहदानी लिए

अछाममा आर्थीक बर्ष ०७१—०७२ भित्र २ हजारले राहदानी लिए

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

अछाम, ४ साउन । 

आर्थीक बर्ष ०७१—०७२ मा अछामका झन्डै २ हजार जनाले राहदानी लिएका छन् । जिल्लाबाट सिफारीस लिएर १ हजार ५ सय २२ जनाले राहदानी बिभागबाट र बाकी ४ सय ९९ जनाले जिल्ला प्रशासनबाट गरी जम्मा १ हजार ९ सय ९७ जनाले राहदानी लिएका हुन ।

आर्थीक बर्ष ०७१—०७२ मा सबै भन्दा बढी कार्तीक महिनामा २ सय ३३ जना राहदानी लिने मध्ये १ सय ६५ जनाले जिल्लाबाट सिफारीस लिएर राहदानी बिभागबाट राहदानी लिएका छन् भने ६८ जनाले जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् ।

यस्तै सबैभन्दा कम आर्थीक बर्षको अन्तीम महिना असारमा १२० जना लिएका मध्ये ७५ जनाले जिल्लाबाट सिफारीस लिएर राहदानी बिभागबाट र ४५ जनाले जिल्ला प्रशासन कार्यलय बाट नै राहदानी लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार आर्थीक बर्ष ०७०—७१ मा १ हजार ४ सय ४७ जनाले जिल्लाको सिफारीस बाट र ४ सय ५४ जनाले जिल्ला प्रशासन कार्यालयबाट गरी जम्मा १ हजार ९ सय १ जनाले राहदानी लिएका थिए ।

यस्तै आर्थीक बर्ष ०६९—०७० मा ६ सय ९१ जनाले राहदानी बिभागबाट र ३ सय ३३ जनाले जिल्लाबाट गरी जम्मा १ हजार २४ जनाले राहदानी लिएका हुन ।

यस्तै आर्थीक बर्ष ०६८—०६९ मा ४ सय जनाले राहदानी बिभागबाट र २ सय ३६ जनाले जिल्लाबाट गरी ३३६ जनाले र आर्थीक बर्ष ०६७—०६८ मा जम्मा २ सय ५३ जनाले मात्र राहदानी लिएका हुन् ।

मेशिन रिडेबल पासपोर्ड एमआरपी प्रणाली लागुभएदेखी अछाम जिल्लाबाट र जिल्लाबाट सिफारीस गरेर राहदानी बिभागबाट लिनथालेको ५ बर्षको तथ्यांकलाई दाजेर हेर्दा हरेक बर्ष राहदानी लिनेहरुको संख्या देशभरमा जस्तै अछाम जिल्लामा पनी बढ्दै गएको अछामका सहायक प्रमुख जिल्ला अधीकारी आनन्द शर्मा भुषालले बताए ।

उनका अनुसार राहदानी लिने मध्ये केही मानीसहरुले बिदेश भ्रमण संगै बिकसीत मुलुकमा काम गर्न र बिदेशमा अध्ययन गर्नका लागी बिद्यार्थी भिसामा बिदेशीने गरेका भएपनी अधीकांश राहदानी लिनेहरुभने खाडी मुलुकमा काम गर्नका लागी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी