मस्यौदा माथि सुझाव दिन प्रधानमन्त्री कोइरालाको अपिल

मस्यौदा माथि सुझाव दिन प्रधानमन्त्री कोइरालाको अपिल

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ४ साउन ।  प्रधानमन्त्री सुशिल कोइरालाले आज र भोली देशभर हुने मस्यौदा माथि सुझाव दिने कार्यमा सहभागी हुन सबैलाई अपिल गर्नु भएको छ ।

एक अपिल जारी गर्दै प्रधानमन्त्री कोइरालाले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा रहेका कुन कुन धारामा कस्तो व्यवस्था गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा आ आफ्नो सुझाव दिन आग्रह गर्नु भएको हो ।

‘मस्यौदामा निहित कुन कुन धारा र प्रावधानलाई कस्तो बनाउदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्नो ज्ञान र अनुभवमा आधारित सुझाव दिएर यस महाअभियानमा सरिक हुन स्वेदेश तथा विदेशमा रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आग्रह गदर्छु’ प्रधानमन्त्री कोइरालाद्धारा जारी अपिलमा उल्लेख छ ।

आफ्नो संविधान आफै निर्माण गर्ने जनताको एक शताब्दी देखिको चाहना र संघर्षले संविधान निर्माणसँगै साकार रुप लिन लागेको भन्दै प्रधानमन्त्री कोइरालाले बहुलवादमा आधारित लोकतान्त्रिक संविधानले सबै नेपालीको सुनौलो भविष्यको मार्ग खोल्ने विशवास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी