काठमाडौ ४ साउन । संविधानको प्रारम्भिक मस्यौदा माथि आज देशभर एक साथ सुझाव संकलन कार्य हुदैछ ।
त्यसका लागि सभासद तथा कर्मचारीको टोली अहिले प्रत्येक निर्वाचन क्षेत्रमा खटिएका छन् ।
मुलुकभरका २ सय ४० ओटा निर्वाचन क्षेत्रमा आफूलाई पायक पर्ने स्थानबाट नयाँ संविधानको प्रारम्भिक मस्यौदा माथि जनताले सुझाव दिन पाउनेछन् ।
अन्तरक्रिया हुने स्थानमा कुनै अप्रिय घटना नहोस भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको गृहमन्त्रालयले जनाएको छ ।
सुझाव संकलन कार्यलाई राष्ट्रिय अभियानका रुपमै अघि बढाउदै सरकारले आज र भोली सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौ, ललितपूर भक्तपूर लगायतका प्रमुख शहरहरुमा एउटै क्षेत्रमा पनि धेरै स्थानबाट सुझाव संकलन गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।
यस्तै सचिवालयले वेबसाइट, इमेल, टोल फ्रि नम्बर र फ्याक्स मार्फत पनि सुझाव दिन सक्ने व्यवस्था गरिएको छ ।