काठमाडौं, ३ श्रावण।
प्रधानमन्त्री सुशील कोइरालाले संघीयताको सिमांकनलाई टुंगो लगाएर संविधान जारी गर्ने प्रयास भइरहेको बताउनु भएको छ ।
राजधानीमा आज भएको नेपाल इन्जिनियर्स एसोसिएसनको ५३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री कोइरालाले प्रमुख दलहरुले संघीयताको सिमांकन टुंगो लगाउने प्रयास गरिरहेको बताउनु भयो ।
उहाले संघीयताको सिमांकन टुंगो लगाएर संविधान जारी गर्न सकिए कम विवादित हुने भएकाले त्यसको प्रयास भइरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कोइरालाले लामो समयदेखिको राजनीतिक गतिरोध तथा अस्थिरताले गर्दा देशको विकास हुन नसकेको भन्दै संविधान जारी भएपछि त्यसको समाधान हुने विश्वास व्यक्त गर्नुभयो । नेपालका कुनै पनि सरकार लामो समयसम्म टिक्न नसकेकाले समस्या सिर्जना हुने गरेको उहाको भनाइ थियो ।
प्रधानमन्त्री कोइरालाले भूकम्पपछि मुलुक पुनर्निर्माणको बाटोमा अघि बढिसकेकाले अबका दिनमा बन्द, हड्ताल जस्ता आन्दोलनका कार्यक्रमको कुनै अर्थ नहुने बताउनु भयो ।