काठमाण्डौ,३ साउन ।
सुदूरपश्चिमका अधिकांश बासिन्दाले तराई र पहाड नुटुक््रयाइ नौ जिल्लाकै सुदूरपश्चिम प्रदेश बनाउन सुझाव दिएका छन । संविधानको मस्यौदामाथि सुझाब संकलन गर्न जिल्ला पुगेका सभासदसंग नगरपालिका र गाविस कार्यालय पुगेका अधिकांश सर्वसाधारणले अखण्ड सुदूरपश्चिम हुनुपर्ने सुझाव दिएका छन ।
सुदूपश्चिमका करिब ८० प्रतिशत जनता अखण्ड सुदूरपश्चिम प्रदेश हुुनुपर्ने पक्षमा रहेका छन भने थारु समुदायका बासिन्दाले कैलाली र कञ्चनपुरसहितको थरुहट हुनुपर्ने बताएका छन । नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरीले कैलाली र कञ्चनपुर सहितको थरुहट नभए आफ्नो अधिकार सुनिश्चित नहुने बताउनु भयो ।
सुदूरपश्चिममा पहिलो संविधानसभा विघटनको पूर्वसन्ध्यामा सिंगो देशलाई नै तरंगित गर्नेगरी ३२ दिने आन्दोलन चर्किएको थियो। एकीकृत माओवादीले कैलाली र कञ्चनपुर टुक््रयाउने नीति लिए पनि यस क्षेत्रका नेता र कार्यकर्ता अखण्ड सुदूरपश्चिमको पक्षमा उभिएका थिए।
नेपाली कांग्रेसका सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका भीम रावल र एकीकृत माओवादीका लेखराज भट्टलगायतले अखण्ड सुदूरपश्चिमको पक्षमा आवाज उठाउनु भएको छ । भोली र पर्सी सुझाब संकलन गर्ने भनिए पनि सुदुरपश्चिममा हिजोदेखी नै केही मात्रामा संकलन कार्य भइरहेको हाम्रा सहकर्मीले जनाएका छन ।