काठमाडौं, ३ साउन ।
काठमाण्डौका १० वटै निवार्चन क्षेत्रमा मस्यौदामाथि सुझाव संकलनका लागि स्थान तय भएको संविधानसभा सचिवालयले जनाएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का लागि दशरथ रंगशाला , विजय स्मारक स्कूल, बानेश्वर व्याङ्केट र भिएस निकेतन स्कूल तोकिएको छ ।
क्षेत्र नं २ का लागि भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर, आस्था पार्टी प्यालेस थली र गोल्डेनगेट मावि पुरानो बानेश्वर,क्षेत्र नं ३ का लागि आलापोटको कागेश्वरी पुस्ताकालय, सुन्दरीजलको ओख्रेनी मावि, समता स्कूल नयाँबस्ती बौद्ध तय गरिएको छ ।
क्षेत्र नं ४ का लागि बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेस, गोल्डेन लाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरी तय गरीएको छ । क्षेत्र नं ५ का लागि पुरानो गाविस भवन टोखा, धुम्बाराही पार्टी प्यालेस, धापासी नेचर क्लब र परेली पार्टी प्यालेस तोकिएको छ ।
क्षेत्र नं ६ लागि मानसिंह धर्म उच्चमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै र पब्लिक बोर्डिङ स्कुल , क्षेत्र नं ७ का लागि बालाजु पार्क, क्षेत्र नं ८ का लागि ज्ञानोदय उच्चमावि बाफल, क्षेत्र नं ९ का लागि तीनकुने ग्राउण्ड कुलेश्वर र बलम्बु गुर्जुधारा तय गरिएको छ ।
क्षेत्र नं १० का लागि पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आदर्श विद्यालय फर्पिङ, दक्षिणकाली नगरपालिका र सतुंगल पार्टी प्यालेस तोकिएको छ ।