अछाम ३ साउन ।
तराईबाट सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा भित्रीने अधीकांश यात्रुबाहक बसहरुमा बिभीन्न प्रकारका खाद्यान्न सामाग्री भित्रीन थालेपछी दुर्घटनाको जोखीम बढ्दै गएको छ ।
यात्रुबाहक बसहरुमा कुईन्टलका कुईन्टल खाद्यान्न सामाग्री भित्रीन थालेपछी सवारी दुर्घटनाको जोखीम बढ्दै गएको यात्रुहरुले गुनासो गरेका छन् ।
तराईका कैलाली, कन्चनपुर, बर्दीया, बाके लगायतका जिल्लाहरुबाट सुदुरपश्चिमका अछाम, बाजुरा, बझाग, बैतडी, डडेल्धुरा, दार्चुला लगायतका पहाडी जिल्लाहरु भित्रीने अधीकांश यात्रुबाहक बसहरुमा यात्रुहरुभन्दा बढी खाद्यान्न सामाग्री भित्रीने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
काठमाण्डौबाट डोटी फर्कीदै गर्नुभएका डोटीका गणेश रैकालले यात्रुबाहक बसको छतमा र भित्री ग्यालीरीमा खाद्यान्न सामाग्री हाल्दा सवारी दुर्घटना बढ्नुको साथै यात्रुहरुलाई गाडी भित्र बस्न समेत अफ्ट्यारो परेको बताउनुभयो ।
उहाले यात्रुबाहक बसहरुमा चालम, धान, गहु, मकै, कोदो, आलु लगायतका सामाग्री भरीएको देख्दा समेत सुदुरपश्चिमको प्रमुख नाका अत्तरीया कैलालीमा रहेको ट्राफीक प्रहरी मौन बसेको गुनासो पोख्नुभयो।
यस्तै अछामको बिरपथ गावीसका बासुदेव भण्डारीले आफुले यात्रा गरेको यात्रुबाहक बसमा धेरै खाद्यान्न सामाग्री हालेको देखेर कैलालीको अत्तरीयामा रहेको ट्राफीक प्रहरीलाई जानकारी गराउदा पनी ट्राफीक प्रहरीले सुने नसुनै गरेको अनुभव सुनाउनुभयो ।
उहाले ट्राफीक प्रहरीलाई यसबारे जानकारी गराउदा झन ट्राफीक प्रहरीको सहयोगमा नै अत्तरीयाका स्थानीय व्यापारी र बस व्यवसायीले आफुहरुलाई खवरदारी दिएको दुखेसो पोख्नुभयो ।
यस्तै अछामको साफेवगर नगरपालीकाका कबिन्द्र परियारले अत्तरीयाबाट अछामका लागी छुटेको सुदुरपश्चिम यातायातको ना ५ ख ७८७ नम्वरको यात्रुबाहक बसमा अछाममा रहेको नेपाली सेनाको व्यारेकको ४ देखी ५ कुईन्टल आलु र जयगढ, मंगलसेन लगायतका व्यापारीहरुको गहु, चामल लगायतका खाद्यान्न सामाग्री ल्याएको बताउनुभयो ।
अत्तरीया बसपार्कमा कार्यरत ट्राफीक प्रहरीहरु यात्रुबाहक बसहरुमा जे जती खाद्यान्न सामाग्री संगै अन्य सामाग्री ल्याएपनी चुपचाप बसीरहेको यात्रुहरुको गुनासो छ ।
यात्रुहरुले यसबारे जानकारी गराउदा उल्टै बस व्यवसायी र स्थानीय संग मिलेर यात्रुहरुलाई समस्यामा पार्ने गरेको परियारको भनाई छ । ट्राफीक प्रहरी चेतराज जोशीले यात्रुहरुले गुनासो र जानकारी गराएमात्र आफुहरुले कडाई गर्ने भन्दै आफु जिम्मेवारीबाट पञ्छिीने बहाना गर्नुभएको छ । तर यात्रुबाहक बसले गाडीमा सवार यात्रुहरुका नाममा गाडीको छतभरी र भित्री ग्यालरीमा पुरै सामाग्री भरेर ल्याउने गरेका छन् ।

