राप्रपा समानान्तर केन्द्रिय समितिले आज ललितपूरको विभिन्न स्थानमा कोणसभा गर्दै

राप्रपा समानान्तर केन्द्रिय समितिले आज ललितपूरको विभिन्न स्थानमा कोणसभा गर्दै

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ ३ साउन हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले आज ललितपुरको विभिन्न स्थानमा कोणसभाको आयोजना गरेको छ ।
ललितपुरको कुपण्डोलमा दिउँसो १ बजे, मंगलबजारमा साँढे २ बजे, जावलाखेलमा अपरान्न ४ बजे र लगनखेलमा साँझ साँढे ५ बजे कोणसभाको आयोजना गरिएको सो पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले बताउनु भयो ।

राप्रपाको घोषित विरोध कार्यक्रम अन्तर्गत हिजो काठमाडौंका विभिन्न चार स्थानमा कोणसभा आयोजना गरिएको थियो भने भोली भक्तपुरमा कोणसभा आयोजना गरिने जनाइएको छ ।

संवैधानिक राजतन्त्र कायम गर्नुपर्ने , सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने, पूर्ण स्वायत्त शासन व्यवस्था, नागरिकतामा आमा र बाबुलाई समान अधिकार प्रदान गर्नुपर्ने लगायतका माग राख्दै राप्रपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी