संघीय लिम्बुवानद्धारा फुङ्लिङमा विरोध प्रदर्शन

संघीय लिम्बुवानद्धारा फुङ्लिङमा विरोध प्रदर्शन

  • शनिबार, साउन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ताप्लेजुङ, २ साउन ।
संघीय लिम्बुवान पार्टी नेपालले असार ३१ गते सार्वजानिक गरेको आन्दोलन अन्तर्गत आज ताप्लेजुङको फुङ्लिङमा पनि संविधानको पहिलो प्रस्तावित मस्यौदाको विरोधमा प्रर्दशन गरेको छ ।

 
विरोध सभालाई संबोधन गर्दै पार्टिका केन्द्रीय उपाध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक इन्द्र श्रेष्ठले पहिचानको आधारमा नामाङ्कन र सिमाङ्कन सहितको संविधान मात्र स्वीकार्य हुने बताउनुभएको छ ।

 
सर्बोच्च अदालतको अन्तरिम आदेशलाई बेवास्ता गरी प्रमुख दलले संबिधान निर्माय प्रक्रिया अगाडि बढाएको भन्दै जबरजस्ती कथित संविधान लाद्न खोजिए आफूहरुले समानन्तर संविधानजारी गर्ने चेतावनी दिनुभयो । उहाँले प्रस्तावित संविधानको पहिलो मस्यौदामा आदिवासी जनजातीलाई अपमान गरिनुका साथै नसमेटिएको आरोप लगाउनुभयो ।

 
त्यस्तै बिरोध सभामा सम्बोधन गर्दै पार्टीका यूवा नेता तथा आन्दोलन परिचालन समिति सदस्यकुमार साम्यूले अधिकांश राजनीतिक दलहरु संविधान मस्यौदाको बिपक्षमा रहेको बताउनुभयो ।

 
साम्युले संविधानको मस्यौदाले आदिवासी जनजती, दलित, महिला र सिमान्तकृत समुदाय र सिंगो नेपाली जनताको त्यागको अपमान गरेको धारणा ब्यक्त गर्नुभयो । पहिचानको मुद्धालाई सम्बोधन नगरिए देशमा अकल्पनीय द्धन्द्ध उत्पन्न हुने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी