काठमाडौं, २ साउन ।
खोटाङको धार्मिक तथा पर्यटकीय स्थलहरु आजदेखि राँके मेला सुरु भएको छ । जिल्लाको महुरे, रुपाकोट, मझुवागढी, देबिस्थान लगायतका स्थानमा आज बिहानदेखि साँस्कृतिक राँके मेला सुरु भएको हो ।
हरेक वर्षको साउने संक्रान्ति पर्वको पछिल्लो दिन लाग्ने राँके मेलामा वर्ष दिनको खेतीको कामबाट थकित भएका किसानले साउने संक्रान्तीका दिन हिलोमैलो पखालेर दोश्रो दिन रमाइलोका लागि राँके मेला भर्ने चलन रहिआएको छ ।
आजको राति राँको बालेर डालो, नाङ्लो ठटाउँदै ‘लुतो नलागोस’ भन्दै कामना गर्ने प्रचलन रहिआएको स्थानीयहरुकोे भनाई छ ।
आजको दिन खेतीको काम गर्न नहुने विश्वासमा फुर्सदको समयलाई सदुपयोग गर्दै सबैजना मेला भर्न जाने प्रचलन सुरु भएको डम्बर्खुशिवालय–७ का स्थानीय बिदुरमान राईले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline