इराकमा आइएसले गराइएको बिस्फोटमा ८० जना मारिए

इराकमा आइएसले गराइएको बिस्फोटमा ८० जना मारिए

  • शनिबार, साउन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी २ साउन । इराकको दियाला प्रान्तमा इस्लामिक अतिवादी समूह आइएसले गराइएको बिस्फोटमा ८० जना मारिएका छन् । मारिनेमा अधिकांश बालबालिका रहेको बताइएको छ ।

विस्फोटबाट थुप्रै भवनहरुमा समेत क्षति पुगेको छ । मानिसहरु इदको खुसियालीमा रमिरहेका बेला उक्त विस्फोट गराइएको बिबीसीले जनाएको छ । अधिकारीहरुले दियाला प्रान्तमा तीन दिनको शोक घोषणा गर्दै इदको सबै कार्यक्रम रद्ध गर्र्न आग्रह गरेका छन् ।

इराकको विभिन्न क्षेत्र आइएसको नियन्त्रणमा रहेको छ । आफ्ना एक सदस्यले भीडमा तीन टन विस्फोट गराइएको आइएसले दावी गरेको छ । इराकको उत्तरी र पश्चिम क्षेत्रमा सरकार र आइएसबीच हाल संघर्ष जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी