१ श्रावण, ताप्लेजुङ
संघीय लिम्बुवान पार्टी नेपालले हिजो सार्वजानिक गरेको आन्दोलनअनुसार आजताप्लेजुङमापनि संविधानको पहिलो प्रस्तावित मस्यौदा केन्द्रीयउपाध्यक्षएवं आन्दोलन परिचालन समिति संयोजकइन्द्र श्रेष्ठको नेतृत्वमाजलाईएको छ ।
संविधानको पहिलो प्रस्तावित मस्यौदा जनताको सल्लाह, सुझाब संकलनको लागिभनेर सभासदहरु जिल्लाजिल्लामा खटाईएको अवस्था, मधेसी दलहरु र विभिन्न राजनीतिकदलहरुको सभासदले संविधानको मस्यौदामा जनताको सल्लाह, सुझाब संकलनगर्न असमर्थता देखाएको अवस्था र विभिन्न समुदाय, जातीय संघसंस्था, विभिन्न सरोकारवालानिकायले विरोध गरेको संविधानले देशमा स्थायी र दिगो शान्तिकायमगर्न नसक्ने लिम्बुवान पार्टीको बुझाई छ । आजबिहान एक कार्यक्रममाबोल्दै सो पार्टीकायूवा नेतातथाआन्दोलन परिचालनउपसमितिताप्लेजुङका संयोजक सदस्यकुमार साम्यूले यदि राज्यले नेपालकाआदिवासीजनजाती, महिला, दलित, मधेसी, सिमान्तकृत र सिङ्गो नेपालीजनताको अधिकारलाई सम्बोधनगर्न तयार नभए नेपालबाट लिम्बुवान स्वतन्त्रताको आनदोलनमा समेत परिणत हुने, जुनआन्दोलन निर्णायक र सर्तबिहिनहुने बताए ।
प्रस्तावित संविधानको मस्यौदालाई जलाउने क्रममा संघीय लिम्बुवान पार्टीका केन्द्रीयउपाध्यक्षइन्द्र श्रेष्ठले पार्टीको केन्द्रीयआन्दोलनअनुरुप संविधानको प्रस्तावित मस्यौदा ताप्लेजुङमामात्रनभई लिम्बुवानभरी जलाईएको बताए । यो प्रतिकात्मकविरोधको बावजुत संविधानजारी गरियो भने राज्यले द्धन्द्ध थेग्ननसक्ने बताए।