भक्तपुरमा एक महिने मेला सुरु

भक्तपुरमा एक महिने मेला सुरु

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, १ साउन ।

साउन महिना सुरु भएसँगै आजदेखि भक्तपुरको सूर्यविवनायक नगरपालिका सिपाडोल स्थित प्रसिद्ध आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

आशापुरी महादेव मन्दिरमा साउन महिनामा मेला भरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकाले बिहानैदेखि दर्शनार्थीको आगमन बढेको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका उपाध्यक्ष किरण थापाले बताउनुभयो ।

त्यसैगरी सिपाडोल मै रहेको केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा पनि आज बिहानैदेखि दर्थनार्थीको भीड लागेको छ ।

साउन महिनामा दर्शनार्थीको भीड लाग्ने भएकाले दर्शनार्थीलाई सहज रुपमा पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन स्वयंसेवक परिचालन गरिएको थापाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी