जनमत संकलनका लागि सभासदहरु आजबाट जिल्लामा खटिदै

जनमत संकलनका लागि सभासदहरु आजबाट जिल्लामा खटिदै

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १ साउन ।  नयाँ संविधानको प्रारम्भिक मस्यौदा माथि जनमत संकलनका लागि सभासदहरु आजबाट जिल्ला जिल्लामा खटिदैछन् ।

संविधान सभाको ५ सय ९८ सभासद आजबाट ७५ वटै जिल्लाका निर्वाचन क्षेत्रमा खटिने संसद सचिवालयले जनाएको छ ।

संविधान सभा सचिवालयका कर्मचारीहरु भने यसअघि नै जिल्ला गइसकेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा एक वा दुई जना सभासद रहने गरी २ सय ४० वटा राय सुझाव उपसमिति गठन गरिएको संविधान सभा सचिवालयका प्रवक्त डा. भरत खड्काले बताउनु भयो ।

जिल्लाबाट संकलन गरिएको सुझावको प्रतिवेदन संविधान सभामा बुझाएपछि आवश्यक परिमार्जनका लागि सम्वाद समितिमा पठाइने सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी