असार ३१, एजेन्सी ।
युरोपियन युनियन इयु आबद्ध दाता राष्ट्रले राखेको कडा सर्तसहितको प्रस्ताव ग्रिस संसदले पारित गरेको छ । कडा सर्तसहितको प्रस्ताव संसदले पारित गरेपछि ग्रिसले आर्थिक संकट समाधानका लागि ग्रिसले ८६ अर्व युरो बराबरको सहयोग पाउने भएको छ ।
ग्रीसका बन्द भएका बैङ्क पुन स् सञ्चालन गर्न , ऋण तथा तीनको व्याज भुक्तान गर्न उसले सो रकम सहायता स्वरुप पाउन लागेको हो । संसदका बहुमत सदस्यले राहत प्रस्ताव स्वीकार्ने पक्षमा मतदान गरेका थिए ।मतदान अघि संसदभवन अगाडी भएको विरोध प्रदर्शनमा विरोधीले पेट्रोल बम प्रहार गरेपछि प्रहरीले अश्रुँग्यास प्रहार गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline