काठमाडौं, ३१ असार ।
नया संविधानको मस्यौदमा आफ्ना अधिकार कटौती गरिएको भन्दै संविधानसभामा लिखित सुझाव पेश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज कानुनवीद र नागरिक समाजका अगुवाहरुसंग छलफल गर्दै छ ।
अख्तियारको अधिकार र काम कर्तव्य सम्बन्धि व्यवस्थामा अन्तरिम संविधानले दिदै आएको अधिकार समेत कटौती भएपछि अख्तियारले शुसाशन र भ्रष्टाचार विरुद्धको अभियानलाइ कमजोर बनाउन नहनुे भन्दै कानुनवीद र नागरिक समाजका अगुवाहरुसंग छलफल गर्न लागेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले आज मस्यौदा निर्माणमा सुझाव दिने कानुनका विज्ञ, ख्याति प्राप्त व्यक्तित्वका साथै नागरिक समाजका अगुवाहरुसंग नया संविधानको मस्यौदमा उल्लेख गरिएको प्रावधान सच्याएर खख्तियारलाई भ्रष्टाचारको विरुद्ध अझै शसक्त बनाउदै लैजाने विषयमा भुमीका निर्वाह गर्न आग्रह गरिने बताउनु भयो ।
अहिलेको मस्यौदमा रहेका कतिपय प्रावधानले आफ्नो क्षत्राधिकार कटौती गरेको भन्दै अख्तियार असन्तुष्ट छ ।