संसदमा आज पेश्की खर्च विधेयक पारित हुदै

संसदमा आज पेश्की खर्च विधेयक पारित हुदै

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, ३१ असार ।

व्यवस्थापिका संसदमा आज पेश्की खर्च विधेयक पारित हुदैछ । नया आर्थिक बर्ष भोलीबाट सुरु हुने भएकाले बजेट अन्र्तगतको पेश्की विधेयक आजै पारित हने भएको हो । संसदिय बजेटको बारेमा उठाइएका प्रश्नहरुबारे अर्थमन्त्री डा. रामशरण महतले जवाफ दिएपछि पेश्की खर्च विधेयक पारित हुनेछ ।

सत्तारुढ दल एमालेले भने बजेटका कतिपय विषयहरुमा असन्तुष्टि जनाएको छ । एमाले नेताहरुले आफुहरुको सुझाव अनुसार परिमार्जन नगरिए बजेट पारित नै नगर्ने चतावनी दिएका छन ।

यस्तै संसदले विनियोजन बजेटमाथि साउन ७ गतेबाट छलफल गर्ने बताएको छ । जनमत संकलनका लागि सभासदहरु भोलीेबाट एक साताका लागि जिल्ला खटिने भएकाले विनियाजन माथिको छलफल ७ गतेदेखि सुरु हुने भएको हो ।

मन्त्रालयगत रुपमा विनियोजन गरिएको बजेटमाथिको छलफल तालीका आज तय हुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कँुइकेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी