बजेटमाथि संसदमा छलफल जारी

बजेटमाथि संसदमा छलफल जारी

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ३० असार ।
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमाथि संसदमा आजबाट छलफल सुरु भएको छ ।  नयाँबानेश्वरमा स्थित संविधान सभा भवन जारी बैठकमा बजेटमाथि सभासदहरुले धारण राखीरहेका छन ।

बजेटमाथि धारणा राख्दै एमाओबादी नेता बाबुराम भट्टराईले सरकारले बेजोगारी र भोकमरीबाट मुलुकलाई मुक्त बनाउने बजेट ल्याउन नसकेको बताउनु भयो । पुर्ब अर्थमन्त्री समेत रहेका भट्टराईले बेरोजारी र भोकमरीबाट मुलुकलाई मुक्त बनाउने कुरामा अर्थमन्त्रीले खुट्टा कमाएको आरोप लगाउनु भयो ।

बजेटमा उच्च आर्थिक बृद्धिको आधारशीला तयार गर्ने, युवालाई स्वदेशमै उद्यम गर्न र रोजगारी सृजना गर्न उत्प्रेरित गर्ने कुरा कार्यक्रममा पर्न नसकेको बताउनु भयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जेष्ठ नागरिकहरुको भत्ता मासिक ३ हजार रुपैयाँ बनाउन सरकारलाई सुझाव दिनुभएको छ । बजेटमाथि धारणा राख्दै अध्यक्ष केसीले अहिलेको भत्ता अपुग रहेको बताउनु भयो ।

संसदमा बजेटमाथिको छलफल आज नै सक्ने कार्यतालिका रहेको संसद सचिबालयले जनाएको छ । यस्तै संसदले भोली पेस्की खर्च विध्ययेक पारित गर्ने तयारी गरेको छ । पेस्की खर्च विध्ययेक पारित भएपछि सभासदहरु नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनमत संकलनका लागि जिल्ला जाने छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी